हातहतियार, हुण्डी, गुण्डागर्दी र डनको हतियारमाथि निगरानी गरेर सिध्याउन सर्बेन्द्र खनालले दिए यस्तो आदेश



जिल्ला प्रशासन कार्यालयले हचुवाको भरमा दिएका  लाईसेन्स प्राप्त हतियारमाथि महानगरीय अपराध महाशाखा टेकुले निगरानी बढाएको छ । हतियारको आवश्यकता भन्दा सौख र गुण्डागर्दीको लागि केही व्यक्तिले प्रशासनलाई प्रभावमा पारेर हतियारको लाईसेन्स लिएको सुचना महाशाखाले पाएपछि ति हतियार र हतियार बोक्ने माथि महाशाखाले अनुसन्धान थालेको हो । प्रहरीको ब्ल्याकलिस्टेड सूचिमा रहेका दुई दर्जन भन्दा बढीसँग हतियार रहेको महाशाखाको अनुसन्धानबाट खुलासा भएको छ ।

हतियारको लाईसेन्स लिने अधिकांश व्यक्ति गुण्डागर्दीमा सक्रिय, मिटर व्याजका नाईके तथा मानव तस्करीमा सक्रिय भेटिएपछि महाशाखाले अनुसन्धानलाई तिब्र बनाएको हो । अनुसन्धानमा लागेका महाशाखाका एक डिएसपीका अनुसार अबैध धन्दामा लागेका दुई दर्जन भन्दा बढीसँग हतियारको लाईसेन्स छ । अर्काको नाममा लिएर पछि आपराधिक पृष्ठभुमीका व्यक्तिले हतियारको लाईसेन्स नामसारी गरेको पाईएको छ । दुई हजार राउण्डसम्म गोली लिईएको छ । ति गोली के कती छन् र खर्च भएको भए के कती काँहा किन र कुन अवस्थामा खर्च गरीयो त्यसको पनि लोखाजोखा महाशाखाले खोज्न थालेपछि लाईसेन्स प्राप्त हतियारधारीको भागाभाग मच्चिएको छ ।

यहि हतियारको कारण प्रहरीलाई सुरक्षा चुनौती थपिएको समेत प्रहरीको बुझाई छ । आपराधिक पृष्ठभुमिका व्यक्तिहरूले ईजाजत पाउँदा हतियारको दुरुपयोग हुनुको साथै सुरक्षामा चुानैति थपिएको महाशाखाको ठम्याई छ ।

अवैध तरीकाले असुलेको रुपैयाँबाट नबधनाडयको सूचिमा रहेका एकान्तकुनाका महेशबहादुर सिंहसँग प्रहरीले तीन वर्ष अघि ईजाजत  प्राप्त ६ थान हतियार बरामत गरेको थियो । त्यस्तै त्यहि बर्ष शंकरदेव क्यामपसका स्ववियु सभापति सुकबहादुर बस्नेत लाईसेन्स प्राप्त हतियारबाट मारिएको हरिणसहित पक्राउ परेका थिए । बस्नेतको पक्राउ पश्चात् आफ्नो व्यक्तिगत सुरक्षाको लागि लिएको हतियार बस्नेतले संरक्षित बन्यजन्तुको शिकार गर्न प्रयोग गरिएको खुलासा भयो ।

मिटर व्याजका नाईके महेश सिंहको लाईसेन्स प्राप्त हतियार चार बर्षदेखि ललितपुर प्रहरीको नियन्त्रणमा छ । हतियारको दुरुप्रयोग गरेर सिंहले सोझासाझालाई धाक धम्कि दिने गरेको प्रहरी अनुसन्धानबाट खुलासा भएपछि उनको हतियार प्रहरीले फिर्ता नगरेको हो । सिंहकै शैलीमा मिटर व्याजका नाईके काभ्रेका वीरेन्द्रलाल श्रेष्ठ र गुण्डा नाईके काजी शेर्पाले वैध हतियारको दुरुपयोग गर्दै आएको महाशाखाले ठम्याइ गर्दै उनीहरूको हतियार जफत प्रक्रिया सुरु गरेको छ ।

श्रेष्ठले सुकेधारामा दुई सय राउण्ड गोली चलाउनु परेको कारण समेत महाशाखाले अनुसन्धानमा राखेको छ । कुख्यात गुण्डा नाईके काजी शेर्पाले ठेक्का पट्टा कब्जा गर्न लाईसेन्स प्राप्त हतियारको दुरुप्रयोग गर्दै आएको महाशाखाको अनुसन्धानबाट खुलासा भएको छ । यी अधिकांश गुण्डा नाईकेसँग जर्मन स्पोटर्स गन (जीएसजी–५) नामक अर्धस्वचालित हतियारको लाईसेन्स छ । यसैबीच महाशाखाले उपत्यकामा चोरी बढेपछि स्वप अप्रेशन चलाएको छ । आइतवारबाट चलाएको स्वप अप्रेशनमा एक दिन दुई दर्जन चोर पक्राउ परेको महाशाखाका एसएसपी सिंहले बताएका छन् । पक्राउ परेका केहीबाट चोरीएका गहना समेत फेला परेको छ । १५ दिन सम्म चल्ने यो अप्रेशनले उपत्यकामा चोरी कम हुने महाशाखाको ठम्याई रहेको छ ।प्रहरी प्रमुख सर्बेन्द्र खनालको आदेशमा सबैलाई ठिक पार्न सिंह लागिपरेका छन्।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्