जब सभामुख महरा हातमा कुचो लिएर सडक सफाइमा निस्किए



सभामुख कृष्णबहादुर महराले ’स्वच्छ वातावरण महाअभियान २०७५’ को शुभारम्भ गर्नुभएको छ ।

विश्व वातावरण दिवसको सन्दर्भ पारेर वन तथा वातावरण मन्त्रालयको पहलमा बुधबार देखि शुरु भएको स्वच्छ वातावरण महाअभियानको सभामुख महराले उद्घाटन गर्नुभएको हो ।

काठमाडौंस्थित शंखपार्कको सडकमा कुचो लगाउँदै सभामुख महराले स्वच्छ वातावरण महाअभियानको शुभारम्भ गर्नुभएको थियो ।

सडक सफा गर्नुअघि आयोजित उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सभामुख महराले स्वच्छ वातावरण निर्माणका लागि आफैबाट सरसफाइको शुरुवात गर्नुपर्ने बताउनुभयो ।

‘सरसफाइ आफूबाटै शुरु गरौं, एक–एक इकाईबाट समूह बन्छ र त्यसले संस्थागत रुप लिन्छ, उहाँले भन्नुभयो, ‘सबै सरसफाइमा लागेपछि गाउँ, सहर र देश सबैतिर सफा हुन्छ र स्वच्छ वातावरण निर्माणको हाम्रो महाअभियान सफल बन्छ ।’
नीति, योजना निर्माण गर्ने तर कार्यान्वयन गर्ने दायित्वबोधबाट पन्छिने हो भने कहिल्यै पनि लक्ष्यमा पुग्न नसकिने भन्दै सभामुख महराले योजना जस्तै कार्यान्वयनमा लागेर अभियान सफल बनाउन आयोजकलाई आग्रह गर्नुभयो ।

सरसफाइ आम नागरिकको स्वास्थ्य, इज्जत, स्वस्थ र सबल जनशक्ति निर्माणसँग जोडिएको भन्दै उहाँले वातावरण दिवसकै दिनदेखि शुरु भएको अभियानले स्वच्छ देश निर्माणको यात्रालाई सफल बनाउने विश्वास व्यक्त गर्नुभयो ।

सरसफाइ कार्यक्रम अन्तर्गत शंखपार्कबाट सडक छेउछाऊको फोहर उठाउँदै शुरु भएको सरसफाइ कार्यक्रम विशालनगर चोक हुँदै धुम्बाराही, पीपलबोटबाट पुनः शंखपार्कमा पुगेर समापन गरिएको थियो ।

सरसफाइ कार्यक्रममा सभामुख महराका साथै वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत, मन्त्रालयका सचिव, कर्मचारी, सुरक्षाकर्मी र उल्लेख्य सर्वसाधारणको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
भाइरल शर्मिला वाइबा पक्राउ

  कलाकार पवन खतिवडा ‘म्याकुरी’माथि कुटपिट गरेको आरोपमा प्रहरीले शर्मिला वाइबालाई पक्राउ गरेको

प्रचण्डले परिवारबाहेक अरुलाई स्थान छैन भन्ने सन्देश दिए : जनार्दन

    नेकपा (माओवादी केन्द्रं) का उपमहासचिव जनार्दन शर्माले लिखित असहमति राख्दै पार्टीभित्र

राजेन्द्र महतोको राष्ट्रिय मुक्ति क्रान्ति अभियान

    राष्ट्रिय मुक्ति क्रान्ति अभियान’ का अगुवा नेता राजेन्द्र महतो दलबलसहित माइतीघरको

एमाले सरकार फेर्ने खेलमा छैन : ओली

  प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकार फेर्ने