१३ अर्ब १५ अर्ब खर्च गर्छाैं, ८ प्रतिशतको आर्थिक बृद्धि हुन्छ भन्दै बजेट भाषण पढेर सके अर्थ मन्त्रीले



हाम्रो इकोनोमि

अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक बर्षको लागि १३ खर्ब १५ अर्ब रुपैयाँको बजेट ल्याएका छन् । उनले ब्यवस्थापिका संसदमा बजेट पेश गर्दै यस्तो जानकारी गराएका हुन् ।

यस्तो रकमको खर्चबाट आगामी आर्थिक बर्षमा ८ प्रतिशतको आर्थिक बृद्धि हुने अर्थमन्त्रीको भनाइ छ । सरकारले आगामी आर्थिक बर्षको मूल्य बृद्धि ६.५ प्रतिशतको सीमामा राख्ने जानकारी दिएको छ ।

सरकारले हालै मात्रै आगामी आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रम मार्फत घोषणा गरेको मदन भण्डारी राजमार्गका लागि आगामी आर्थिक वर्ष २०७४/०७५ का लागि ४ अर्ब ५० करोड बजेट छुट्टाएको छ ।

झापाको शान्तीनगर देखि पाल्पा ,प्युठान, सुर्खेत हुँदै डडेलधुरासम्म पुग्ने यो राजमार्ग १२ सय किलोमिटर लामो हुन्छ । जसमा अहिले धरान चतरा देखि हेटौडा सम्मको काम अघि बढिसकेको छ । ३०० किमीको यो खण्ड निर्माण सकिन लागेको छ । जसका लागि सरकारले चालु आर्थिक वर्षमा ३ अर्ब १५ करोड रुपैयाँ बिनियोजन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...