अर्थमन्त्रीले प्रधानमन्त्रीलाई बजेटको ब्रिफिङ गर्दै,क्याबिनेट बाट पास गराए पछी ओली बिद्या भेट्न जाने



हाम्रो इकोनोमि

प्रधानमन्त्री केपी शर्मा ओलीलाई आगामी आर्थिक वर्ष २०७५/७६ को बजेटको अन्तिम ब्रिफिङ गर्न अर्थमन्त्री डा. युवराज खतिवडा प्रधानमन्त्री कार्यालय पुगेका छन् ।

अर्थमन्त्री खतिवडा दिउँसो २ः २० मा प्रधानमन्त्रीलाई बिफ्रिङ गर्न अर्थ मन्त्रालयबाट निस्किएका हुन् । यतिखेर अर्थमन्त्रीले प्रधानमन्त्रीलाई बजेटको अन्तिम ब्रिफिङ गरिरहेका छन् । साथमा छन् योजना आयोगका उपाध्यक्ष डा. पुष्प कँडेल ।

प्रधानमन्त्रीको ब्रिफिङ सकेर अर्थमन्त्री खतिवडा मन्त्रिपरिषदले बैठकमा बजेटको आकार र प्राथमिकता पेश गर्नेछन् । मन्त्रिपरिषदले स्वीकृति दिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीलाई ब्रिफिङ गर्न शितलनिवास जानेछन् । शितल निवासबाट सीधै बानेश्वरमा रहेको संसद भवन पुगेर अर्थमन्त्री खतिवडाले ४ बजे बजेट सार्वजानिक गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...