म अघी-अघी सरकारमा जान्छु राजपा पछी-पछी सरकारमा आउछ भन्दै उपेन्द्र यादवले लिए यसरी ठेक्का



हाम्रो इकोनोमि

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रदेश नम्बर २ को सरकारसँग आफूहरुको गठबन्धन नटुट्ने बताएका छन् ।

अध्यक्ष यादवले २ नम्बर प्रदेशको सरकार फेरबेदल नहुने जिकिर गरेका छन् । त्यस्तै यादवले आफूहरु सरकारमा जाने भएकोले को को मन्त्री बनेर जाने भन्नेबारे अहिलेसम्म टुँगो नलागेको स्पष्ट पारे । उनले भने,‘सरकारमा जाने कुरा एक दुई दिनमा टुँगो लाग्छ ।’

आफूहरुले राजपा नेपाललाई पनि सरकारमा जाने ताल्चा खोलिदिएको जिकिर गरे । ‘हेर्दै जानुहोला, म अघिअघि राजपा पछि–पछि सरकारमा आउँछ, किनकी उनीहरुको पनि चाहना सरकारमै जाने हो, सरकारसँग हामीले संविधान संशोधनमा सहमति गरेका छौें ।’ राजपासँग हाम्रो गठबन्धन तोडिएको छैन् ।’–उनले भने।

राजपाले आफ्नो पार्टी सरकारमा जाने भएपछि विरोधमा विभिन्न अभिव्यक्ति दिएको उल्लेख गर्दै अध्यक्ष यादवले भने,‘राजपाका नेताहरु सरकारमा जानको लागि खुट्टा उचालिरहेका थिए, मैले बाटो खोलिदिएँ, अब उनीहरुपनि सरकारमा आए हुन्छ ।’

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...