म अघी-अघी सरकारमा जान्छु राजपा पछी-पछी सरकारमा आउछ भन्दै उपेन्द्र यादवले लिए यसरी ठेक्का



हाम्रो इकोनोमि

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रदेश नम्बर २ को सरकारसँग आफूहरुको गठबन्धन नटुट्ने बताएका छन् ।

अध्यक्ष यादवले २ नम्बर प्रदेशको सरकार फेरबेदल नहुने जिकिर गरेका छन् । त्यस्तै यादवले आफूहरु सरकारमा जाने भएकोले को को मन्त्री बनेर जाने भन्नेबारे अहिलेसम्म टुँगो नलागेको स्पष्ट पारे । उनले भने,‘सरकारमा जाने कुरा एक दुई दिनमा टुँगो लाग्छ ।’

आफूहरुले राजपा नेपाललाई पनि सरकारमा जाने ताल्चा खोलिदिएको जिकिर गरे । ‘हेर्दै जानुहोला, म अघिअघि राजपा पछि–पछि सरकारमा आउँछ, किनकी उनीहरुको पनि चाहना सरकारमै जाने हो, सरकारसँग हामीले संविधान संशोधनमा सहमति गरेका छौें ।’ राजपासँग हाम्रो गठबन्धन तोडिएको छैन् ।’–उनले भने।

राजपाले आफ्नो पार्टी सरकारमा जाने भएपछि विरोधमा विभिन्न अभिव्यक्ति दिएको उल्लेख गर्दै अध्यक्ष यादवले भने,‘राजपाका नेताहरु सरकारमा जानको लागि खुट्टा उचालिरहेका थिए, मैले बाटो खोलिदिएँ, अब उनीहरुपनि सरकारमा आए हुन्छ ।’

प्रतिक्रिया दिनुहोस
एमाले आफ्नै खुट्टामा उभिएर अगाडि बढ्छ : ओली

     नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेलाई एक्ल्याउने प्रयास भइरहेको बताएका छन्...

सरकारले स्वास्थ्य, शिक्षा र विद्युतमा समेत लगायो कर

    आजदेखि नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएको छ । यससँगै सरकारले...

अहिले प्रदेश सरकार फेरबदलको समय होइन : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले कार्यकालको अन्तिम समयमा प्रदेश सरकार फेरबदल...

मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...