बजेट स्वीकृत गर्न मन्त्रीपरिषद बैठक बस्दै,मनमोहन सरकारलाई बिर्साउने यस्तो बजेट आउदै



हाम्रो इकोनोमि

बजेट स्वीकृत गर्नका लागि मन्त्रीपरिषद बैठक मंगलबार बस्दैछ । बैठक दिउँसो २ बजे बस्ने तय भएको छ ।
बैठकले संघीय संसदमा पेश हुने आगामी आर्थिक वर्ष २०७५/०७६ को बजेट स्वीकृत गर्ने छ । अर्थमन्त्री डा. युवराज खतिवडाले दिउँसो ४ बजे बस्ने संघीय संसदको बैठकमा बजेट प्रस्तुत गर्दैछन् ।

अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७५/७६ को बजेट निर्माण गरिसकेको छ । आज बिहान अन्तिम रुप दिएर बजेट छाप्न पठाइएको छ ।

दिउसो २ बजे बजेट स्वीकृत गर्न मन्त्रिपरिषदको बैठक बोलाइएको छ । मन्त्री परिषदको बैठकमा अर्थमन्त्री खतिवडाले बजेटको बारेमा जानकारी दिन्छन् । र, मन्त्रिपरिषदले स्वीकृत गरेपछि अर्थमन्त्री बजेटको ब्रिफिङ गर्न राष्ट्रपतिकहाँ जान्छन् । त्यसपछि सीधै बानेश्वरस्थित संसद भवन गएर अपरान्ह ४ बजे बजेट सार्वजानिक गर्नेछन् ।

दुइतिहाइ नजिक रहेको कम्युनिष्ट सरकारले निजी क्षेत्रलाई भन्दा सहकारीलाई बढी प्राथमिकतामा राखेको छ । आर्थिक विकासमा सहकारीको भूमिकालाई उच्च प्राथमिकतामा राखिएको बजेट निर्माणमा संलग्न अधिकारीहरु बताउँछन् ।

‘निजी क्षेत्रको भूमिकालाई पनि खुम्च्याइएको चाहीँ छैन, तर सहकारको भूमिकालाई बढाइएको छ,’ अर्थ मन्त्रालय स्रोतले भन्यो, ‘धेरै काम सहकारीले नै गर्ने भनिएको छ ।’

सहकारीका माध्यमबाट समानुपातिक आर्थिक विकास र समतामूलक समाज निर्माण गर्न सकिने अर्थमन्त्रीको बुझाइ छ ।

‘सहकारीले काम गर्न पाउने दायरा बढाइएको छ,’ स्रोतले भन्यो, ‘के के बढाइएको छ भनेर अहिल्यै भन्न मिल्दैन । साँझ थाहा पाइहाल्नुहुन्छ नि ।’
२०५१ सामा तत्काली अर्थमन्त्री भरतमोहन अधिकारीले पनि सहकारीलाई विशेष प्राथमिकता दिँदै बजेट ल्याएका थिए । ‘गाउँ–गाउँमा सहकारी, घरघरमा रोजगारी,’ एमाले सरकारको नारा नै थियो ।

अर्थमन्त्री डा. खतिवडाले पनि सार्वजानिक कार्यक्रमहरुमै सहकारीलाई बढी सक्रिय गराउने किसिमका अभिव्यक्तिहरु दिँदै आएका छन् ।

केही समयअघि साना किसान विकास बैंकको कार्यक्रममा अर्थमन्त्री खतिवडाले सहकारीलाई पनि बैंकको जस्तै प्रतितपत्र (एलसी) खोल्न दिइने बताएका थिए ।
राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ७ गते संसदमार्फत् सार्वजानिक गरेको सरकारको नीति तथा कार्यक्रममा आर्थिक विकासमा सहकारीलाई अझ बढी सक्रिय गराउने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
एमाले आफ्नै खुट्टामा उभिएर अगाडि बढ्छ : ओली

     नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेलाई एक्ल्याउने प्रयास भइरहेको बताएका छन्...

सरकारले स्वास्थ्य, शिक्षा र विद्युतमा समेत लगायो कर

    आजदेखि नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएको छ । यससँगै सरकारले...

अहिले प्रदेश सरकार फेरबदलको समय होइन : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले कार्यकालको अन्तिम समयमा प्रदेश सरकार फेरबदल...

मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...