बजेट स्वीकृत गर्न मन्त्रीपरिषद बैठक बस्दै,मनमोहन सरकारलाई बिर्साउने यस्तो बजेट आउदै



बजेट स्वीकृत गर्नका लागि मन्त्रीपरिषद बैठक मंगलबार बस्दैछ । बैठक दिउँसो २ बजे बस्ने तय भएको छ ।
बैठकले संघीय संसदमा पेश हुने आगामी आर्थिक वर्ष २०७५/०७६ को बजेट स्वीकृत गर्ने छ । अर्थमन्त्री डा. युवराज खतिवडाले दिउँसो ४ बजे बस्ने संघीय संसदको बैठकमा बजेट प्रस्तुत गर्दैछन् ।

अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७५/७६ को बजेट निर्माण गरिसकेको छ । आज बिहान अन्तिम रुप दिएर बजेट छाप्न पठाइएको छ ।

दिउसो २ बजे बजेट स्वीकृत गर्न मन्त्रिपरिषदको बैठक बोलाइएको छ । मन्त्री परिषदको बैठकमा अर्थमन्त्री खतिवडाले बजेटको बारेमा जानकारी दिन्छन् । र, मन्त्रिपरिषदले स्वीकृत गरेपछि अर्थमन्त्री बजेटको ब्रिफिङ गर्न राष्ट्रपतिकहाँ जान्छन् । त्यसपछि सीधै बानेश्वरस्थित संसद भवन गएर अपरान्ह ४ बजे बजेट सार्वजानिक गर्नेछन् ।

दुइतिहाइ नजिक रहेको कम्युनिष्ट सरकारले निजी क्षेत्रलाई भन्दा सहकारीलाई बढी प्राथमिकतामा राखेको छ । आर्थिक विकासमा सहकारीको भूमिकालाई उच्च प्राथमिकतामा राखिएको बजेट निर्माणमा संलग्न अधिकारीहरु बताउँछन् ।

‘निजी क्षेत्रको भूमिकालाई पनि खुम्च्याइएको चाहीँ छैन, तर सहकारको भूमिकालाई बढाइएको छ,’ अर्थ मन्त्रालय स्रोतले भन्यो, ‘धेरै काम सहकारीले नै गर्ने भनिएको छ ।’

सहकारीका माध्यमबाट समानुपातिक आर्थिक विकास र समतामूलक समाज निर्माण गर्न सकिने अर्थमन्त्रीको बुझाइ छ ।

‘सहकारीले काम गर्न पाउने दायरा बढाइएको छ,’ स्रोतले भन्यो, ‘के के बढाइएको छ भनेर अहिल्यै भन्न मिल्दैन । साँझ थाहा पाइहाल्नुहुन्छ नि ।’
२०५१ सामा तत्काली अर्थमन्त्री भरतमोहन अधिकारीले पनि सहकारीलाई विशेष प्राथमिकता दिँदै बजेट ल्याएका थिए । ‘गाउँ–गाउँमा सहकारी, घरघरमा रोजगारी,’ एमाले सरकारको नारा नै थियो ।

अर्थमन्त्री डा. खतिवडाले पनि सार्वजानिक कार्यक्रमहरुमै सहकारीलाई बढी सक्रिय गराउने किसिमका अभिव्यक्तिहरु दिँदै आएका छन् ।

केही समयअघि साना किसान विकास बैंकको कार्यक्रममा अर्थमन्त्री खतिवडाले सहकारीलाई पनि बैंकको जस्तै प्रतितपत्र (एलसी) खोल्न दिइने बताएका थिए ।
राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ७ गते संसदमार्फत् सार्वजानिक गरेको सरकारको नीति तथा कार्यक्रममा आर्थिक विकासमा सहकारीलाई अझ बढी सक्रिय गराउने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्