कांग्रेस एक्लियो,राजपालाई सभामुख,उपेन्द्रलाई यी तीन मन्त्रालय,यसरी गर्ने भए ओलीले सत्ता कब्जा



हाम्रो इकोनोमि

संघीय समाजवादी फोरम नेपाल सरकारमा जान सहमत भएको छ।  आज बिहान नेपाल कम्युनिस्ट पार्टी र फोरमबीच भएको सहमतिअनुसार सरकारमा सामेल हुन फोरमले सहमति जनाएको हो। दुई दलबीच भएको वार्तामा दुई बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको छ। नेकपाको तर्फबाट सहमतिपत्रमा दुई अध्यक्षहरु प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले र फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेका छन्। योसँगै केन्द्रमा संघीय  फोरम सरकारमा जाने, दुई नम्बर प्रदेशमा नेकपा सरकारमा जाने भएपछि प्रदेशमा राजपा माइनस हुने भएको छ । स्रोतका अनुसार राजपा अध्यक्ष मण्डलका अध्यक्ष महनथ् ठाकुरलाई सभामुखको जिम्मेवारी दिइने तयारी छ ।  एमाले र माओवादी पार्टी एक भएसँगै सभामुख र उपसभामुख एउटै दलको भएका कारण एउटा पद छोड्नुपर्ने बाध्यतामा नेपाल कम्युनिष्ट पार्टी पुगेको कारण सभामुख वा उपसभामुखमध्य कुनै पद राजपाले पाउनेछ ।  सहमति अनुसार फोरम नेपालले उठाउँदै आएका मागहरु सम्वोधन गर्न नेकपा सहमत भएको छ। यो सहमतिसँगै प्रदेश २ मा समेत सत्ता समिकरण बद्लिने सम्भावना बढेको छ।

कुन कुन मन्त्रालय पाँउदैछन् ? 

यस्तै केन्द्रमा समेत केही मन्त्रीहरुको जिम्मेवारी हेरफे हुने सम्भवना देखिदै छ । अहिले प्रधानमन्त्री ओली मातहत शहरी विकास मन्त्रालय छ भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र सञ्चार मन्त्रालय राज्यमन्त्रीहरुले चलाइरहेका छन् । यादव आफैं सरकारमा सामेल हुने भएमा सञ्चार मन्त्रालय लिएर जाने अन्यथा स्वास्थ्य र शहरी विकास दुई मन्त्रालय लिने मोटामोटी सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले आफ्नै खुट्टामा उभिएर अगाडि बढ्छ : ओली

     नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेलाई एक्ल्याउने प्रयास भइरहेको बताएका छन्...

सरकारले स्वास्थ्य, शिक्षा र विद्युतमा समेत लगायो कर

    आजदेखि नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएको छ । यससँगै सरकारले...

अहिले प्रदेश सरकार फेरबदलको समय होइन : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले कार्यकालको अन्तिम समयमा प्रदेश सरकार फेरबदल...

मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...