अर्जुनधारा नगरपालिका– ९ कालिस्थानको रेखा खोलामा पुल बन्यो



हाम्रो इकोनोमि

अर्जुनधारा नगरपालिका– ९ कालिस्थानको रेखा खोलामा पुल बनेपछि त्यस क्षेत्रका सर्वसाधारणलाई राहत मिलेको छ ।

पुल निर्माणसँगै शनिश्चरे माविमा अध्ययन गर्दैआएका विद्यार्थीलाई समेत विद्यालय आवागमनका लागि सहज भएको छ ।

अर्जुनधारा– १० कालिस्थानका बासिन्दा यसअघि रेखा खोलामा पुल नहुँदा निकै समस्यामा थिए । गत वर्ष आएको बाढीले रेखा खोलाको कज्वे भत्काएपछि त्यहाँका स्थानीयवासी खोला भएर हिँड्न बाध्य थिए ।

नगरपालिकाले चालू आवमा रु २५ लाख तथा बाँकी रकम आगामी आवको बजेटबाट परिपूर्ति गर्ने गरी पुल निर्माण गरिएको हो । पुल निर्माणको कूल लागत रु ५७ लाख ६२ हजार रहेको छ । स्थानीयवासीको समेत जनसहभागितामा रेखा खोलामा पुल निर्माण भएको अर्जुनधारा नगरपालिका– ९ का वडाध्यक्ष पुष्प प्रसार्इंले बताउनुभयो । पुल निर्माणका लागि स्थानीयवासीको रु सात लाख ३५ हजार लागत रहेको छ ।

पुल उद्घाटन समारोहमा पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष युवराज प्रसार्इंले पुलको आर्थिक आयव्यय प्रस्तुत गर्नुभएको थियो । पुलको लम्बाइ १० मिटर र चौडाइ छ मिटर रहेको छ ।

प्रतिक्रिया दिनुहोस
फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...

मध्यपूर्वका सबै ऊर्जा केन्द्रमा प्रत्याक्रमण गर्ने इरानको चेतावनी

    होर्मुज स्ट्रेट ४८ घण्टाभित्र नखोले इरानका परमाणु केन्द्रहरूमा हमला गर्ने अमेरिकाको...

इरानको पावर प्लान्टमा आक्रमण गर्ने ट्रम्पको चेतावनी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कडा चेतावनी दिएका छन् । उनले...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...