ओली र प्रचण्डले उपेन्द्र संग गरे दुई बूँदे सम्झौता,ओली सरकारमा यी तीन मन्त्री थपिने



हाम्रो इकोनोमि

पछिल्ला घटनाक्रमले सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी र संघीय समाजवादी फोरमबीच संघ र प्रदेश २ मा सत्ता साझेदारी हुने भएको छ । केही बेर अघी मात्र फोरम र नेकपा बीच २ बुंदे सम्झौता भए पछी अब फोरम सरकारमा सामेल हुने भएको हो।

प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र फोरमका अध्यक्ष उपेन्द्र यादवबीच बालुवाटारमा सहमति भएको हो ।

सत्तारुढ नेकपाले सहमतिका आधारमा संविधान संशोधन गर्ने लिखित सहमति गरेको छ । ‘फोरमलेे आन्दोलनका क्रममा उठाएका माग र मुद्दाहरुका सम्बन्धमा संविधान संशोधनसँग सम्बन्धित विषयहरु देश जनताको पक्षमा आपसी सहमतीका आधारमा संविधान संशोधन गरी सम्बोधन गरिनेछ,’ सहमतिको पहिलो बुँदामा भनिएको छ ।

प्रदेश-२ का मुख्यमन्त्री लालबाबु राउतले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको क्रममा जनकपुरमा दिएको अभिव्यक्तिले चिसिएको नेकपा-फोरमबीचको सम्बन्ध एकाएक सुमधुर बनेको हो।

नेकपासँग फोरमको सम्बन्ध सुध्रिएपछि प्रदेश-२ को सत्ता साझेदार दल राष्ट्रिय जनता पार्टी (राजपा) र फोरमबीचको सम्बन्ध भने बिग्रिएको छ। केन्द्रीय सरकारले संसदमा पेस गरेको नीति तथा कार्यक्रमलाई फोरमले समर्थन गरेपछि फोरम-राजपाबीचको सम्बन्ध बिग्रिएको हो। उपेन्द्रले तीन मन्त्रालय पाउने लगभग पक्का भएको हो।फोरम बाट ओली सरकारमा उपेन्द्र यादव सहित इस्तियाक राई मंत्री बन्ने भएका छन्।उपेन्द्रलाई संचार र राईलाई सहरी विकास मन्त्रालय दिने त्यस्तै स्वास्थ मन्त्रालय पनि फोरमले पाउने भएको हो।

प्रतिक्रिया दिनुहोस
एमाले आफ्नै खुट्टामा उभिएर अगाडि बढ्छ : ओली

     नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेलाई एक्ल्याउने प्रयास भइरहेको बताएका छन्...

सरकारले स्वास्थ्य, शिक्षा र विद्युतमा समेत लगायो कर

    आजदेखि नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएको छ । यससँगै सरकारले...

अहिले प्रदेश सरकार फेरबदलको समय होइन : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले कार्यकालको अन्तिम समयमा प्रदेश सरकार फेरबदल...

मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...