ओली र प्रचण्डले उपेन्द्र संग गरे दुई बूँदे सम्झौता,ओली सरकारमा यी तीन मन्त्री थपिने



हाम्रो इकोनोमि

पछिल्ला घटनाक्रमले सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी र संघीय समाजवादी फोरमबीच संघ र प्रदेश २ मा सत्ता साझेदारी हुने भएको छ । केही बेर अघी मात्र फोरम र नेकपा बीच २ बुंदे सम्झौता भए पछी अब फोरम सरकारमा सामेल हुने भएको हो।

प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र फोरमका अध्यक्ष उपेन्द्र यादवबीच बालुवाटारमा सहमति भएको हो ।

सत्तारुढ नेकपाले सहमतिका आधारमा संविधान संशोधन गर्ने लिखित सहमति गरेको छ । ‘फोरमलेे आन्दोलनका क्रममा उठाएका माग र मुद्दाहरुका सम्बन्धमा संविधान संशोधनसँग सम्बन्धित विषयहरु देश जनताको पक्षमा आपसी सहमतीका आधारमा संविधान संशोधन गरी सम्बोधन गरिनेछ,’ सहमतिको पहिलो बुँदामा भनिएको छ ।

प्रदेश-२ का मुख्यमन्त्री लालबाबु राउतले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको क्रममा जनकपुरमा दिएको अभिव्यक्तिले चिसिएको नेकपा-फोरमबीचको सम्बन्ध एकाएक सुमधुर बनेको हो।

नेकपासँग फोरमको सम्बन्ध सुध्रिएपछि प्रदेश-२ को सत्ता साझेदार दल राष्ट्रिय जनता पार्टी (राजपा) र फोरमबीचको सम्बन्ध भने बिग्रिएको छ। केन्द्रीय सरकारले संसदमा पेस गरेको नीति तथा कार्यक्रमलाई फोरमले समर्थन गरेपछि फोरम-राजपाबीचको सम्बन्ध बिग्रिएको हो। उपेन्द्रले तीन मन्त्रालय पाउने लगभग पक्का भएको हो।फोरम बाट ओली सरकारमा उपेन्द्र यादव सहित इस्तियाक राई मंत्री बन्ने भएका छन्।उपेन्द्रलाई संचार र राईलाई सहरी विकास मन्त्रालय दिने त्यस्तै स्वास्थ मन्त्रालय पनि फोरमले पाउने भएको हो।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...