चर्चित हाँस्य टेलिसिरियल ‘मेरीबास्सै’का बल्छि धुर्बेनामबाट परिचित मरिचमान श्रेष्ठ बैवाहिक जीवनमा बाधिएका छन् ।



हाम्रो इकोनोमि

चर्चित हाँस्य टेलिसिरियल ‘मेरीबास्सै’ मा बल्छि धुर्बेनामबाट परिचित मरिचमान श्रेष्ठ बैवाहिक जीवनमा बाधिएका छन् । बल्छिले लमजुङ भोटेओडारकी करुणा खड्कासँग प्रेम बिवाह गरेका हुन् । उनले ६ बर्ष लामो प्रेमलाई बिवाहमा बदलेका हुन् ।
शुक्रबार काठमाण्डौको म्हेपि मन्दिरमा परम्परा अनुसार बिवाह गरेका हुन् । मन्दिरबाट बिवाह गरेसँगै बल्छिले आफ्नो निबास गोर्खा लगेर करुणालाई भित्राए । बिवाह समारोहमा दुईपरिवारका सदस्य बाहेक कलाकारहरु खासै देखिदैनथे ।

बल्छिले आजभन्दा ६ बर्ष अघि सिताराम कट्टेलसँग लमजुङको एक कार्यक्रममा जाँदा करुणासँग चिनजान भएको बताए । ‘कार्यक्रमको सिलसिलामा धुर्मुस दाईसँग लमजुङ जाँदा करुणसँग परिचय भयो, पछि कुराकानी हुँदै जाँदा मायाप्रेममा परियो’, बल्छिले भने । करुणाले मनमिल्ने मान्छे पाएकोमा निकै खुसी भएको बताउँछिन् ।

प्रतिक्रिया दिनुहोस
शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...

अञ्जु श्रेष्ठको गजल यो माया नि कस्तो सार्वजनिक

    नेपाली साँगीतिक क्षेत्रमा एक दशक लामो समयदेखि निरन्तर क्रियाशिल नाम हो...

चर्चिललाई ग्लोब समिट २०२५ मा दुई अन्तर्राष्ट्रिय सम्मान

  अष्ट्रेलियामा गैर आवासिय नेपालीको लगानीमा संचालित चर्चिल इन्स्टिच्युट अफ हाइयर एजुकेशनले दुई...