बालबालिकामा कडा कुपोषण



हाम्रो इकोनोमि

डडेल्धुरा अमरगढी नगरपालिकाकाभित्र २६ जना बालबालिकामा कडा कुपोषण देखिएको छ ।

नगरपालिकाभित्र रहेका पाँच वर्षमुनिका दुई हजार चारजना बालबालिकामध्ये २६ जनामा कडा शीघ्र कुपोषण देखिएको छ भने २३५ बालबालिकामा मध्यम शीघ्र कुपोषण देखिएको अमरगढी नगरपालिका, स्वास्थ्य शाखाका प्रमुख लोकराज पनेरुले जानकारी दिनुभयो ।

आज यहाँ आयोजित अमरगढी नगरपालिकास्तरीय शीघ्र कुपोषण एकीकृत व्यवस्थापन कार्यक्रमको पुनरावलोकन तथा समीक्षा कार्यक्रममा नगरपालिकाको कुल बालबालिकामध्ये एक प्रतिशतमा कडा र १२ प्रतिशतमा मध्यम शीघ्र कुपोषण देखिएको स्वास्थ्य प्रमुख पनेरुले जानकारी दिनुभयो ।

बालबालिकाको कुपोषण चेकजाँच गर्दा पाखुरामा नापिने फितामा तीन वटा रगं रहेका हुन्छन् जसमा पहेँलो, हरियो र रातो रंगले क्रमशः मन्द, सामन्य र कडा कुपोषणका रुप निर्धारण गर्दछ ।

‘शरीरको हुनपर्ने वृिद्ध विकास नहुनुलाई नै कुपोषण भनिन्छ ।’ कुपोषण हुन नदिन अभिभावकहरुले विभिन्न कुरामा ध्यान दिनुपर्ने पनेरुले बताउनुभयो ।

विशेषगरी बालिबालिकालाई पोसिलो खानेकुरामा ध्यान नदिए उनीहरु कुपोषित हुने चिकित्सक बताउँछन् ।

कुपोषित बालबालिका उमेर अनुसार तौल र उचाइ पनि नबढ्ने, होचा र पुड्का हुनुका साथै गर्भवती महिलामा रक्तअल्पताका कारणले समेत बालबालिकामा कुपोषणको समस्या देखिने गरेको जनाएको छ ।

पर्याप्त खानाको अभाव, नियमित स्तनपान नहुनु र खानपानमा समेत ध्यान नदिँदा कुपोषणका लक्षण देखा पर्दछन् । आमाको दूध खान नपाएर पनि धेरै बालबालिका कुपोषित भएका हुन्छन् । बच्चाका लागि अभिभावकले विशेष ध्यान दिनुपर्ने सुझाव चिकित्सकको छ । एउटा बच्चाले कम्तीमा पनि दुई वर्षसम्म आमाको दूध खान पाउनुपर्ने दाबी चिकित्सको छ ।
विभिन्न रोगका कारणले पनि बालबालिका कुपोषित हुने गरेको तथ्यांकले जनाएको छ । मलेरिया, टाइफाइड, दादुरालगायतका रोगले गर्दा पनि बालबालिकालाई कुपोषित गराइएको पाइएको स्वास्थकमी बताउँछन् । यस्ता किसिमका रोगको शंका लाग्ने वित्तिकै समयमै उचार गराए कुपोषण घटाउन सकिने चिकित्सक बताउँछन् । खानपान, व्यक्तिगत सरसफाइका साथै वातावरणीय सरसफाइमा ध्यान दिन उहाँहरूको सुझाव छ ।

डडेल्धुरामा विगत लामो समयदेखि दर्जन बढी गैरसरकारी संस्था पोषण र स्वास्थ्यका क्षेत्रमा काम गरिरहेका छन् । बालबालिकामा कुपोषणको यस्तो अवस्था देखिनुले ती संस्थाले गर्ने काम कुराका बारेमा पनि सरोकारवालाले चासो देखाएका छन् ।
वर्षौदेखि सरकारी गैरसरकारी संस्थाले बालबालिका र स्वास्थ्यको क्षेत्रमा काम गरिरहेका भए पनि नगरपािलकाभित्र नै कुपोषित बालबालिकाको तथ्यांक सार्वजनिक हुनुले पनि ती संस्थाको कार्यप्रति प्रश्न खडा भएको सर्वसाधारणको बुझाइ छ

प्रतिक्रिया दिनुहोस
माधवकुमार नेपाल अस्पतालमा भर्ना

    नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना...

महाराष्ट्रका उप-मुख्यमन्त्री चढेको विमान दुर्घटना

    भारत महाराष्ट्रको बारामतीमा बुधबार बिहान उपमुख्यमन्त्री अजित पवार सवार निजी चार्टर्ड...

शिक्षामन्त्री पुनले दिए राजीनामा

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाविर पुनले राजीनामा दिएका छन् ।...

माछापुच्छ्रे बैंकले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याउने

    माछापुच्छ्रे बैंकले काठमाडौंको महाराजगञ्जस्थित देशकै ठूलो अस्पताल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा...