ओली र प्रचण्डले उपेन्द्र यादवको किटाउने भए दाह्रा,सरकारमा ल्याउन राजेन्द्र महतो संग यसरी मिलाईदैछ पारा



हाम्रो इकोनोमि

सत्तारुढ दल नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड यतिवेला राजपा नेपाललाई सरकारमा ल्याउने कसरतमा लागेका छन् ।

स्रोतका अनुसार ओली र प्रचण्डबीचको आन्तरिक सहमति अनुसार राजपा नेपाललाई सरकारमा ल्याउनेगरि गृहकार्य भैरहेको छ । राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो लगायतका नेताहरु सकारात्मक छन् । सत्तारुढ दल नेकपा संविधान संशोधन गर्न तयार छ ।

यसअघि संघीय समाजवादी फोरम नेपाललाई सरकारमा ल्याउने गृहकार्य भएको कुरा आएको थियो । तर, २ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणको क्रममा आयोजित नागरिक अभिनन्दन कार्यक्रममा संविधान संशोधन संशोधनजस्तो आन्तरिक विषयमा विवादस्पद अभिव्यक्ति दिएकोले प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली र अर्का अध्यक्ष प्रचण्ड रुष्ट छन् ।

फोरम अध्यक्ष उपेन्द्र यादवले मुख्यमन्त्री यादवको बचाउ गरे । यादव र सत्तारुढ दल नेकपाका अध्यक्षद्धयबीच राम्रो सम्बन्ध नरहेको समेत स्रोतको दाबी छ । यादवले पनि सरकारको कडा रुपमा आलोचना गरिरहेका छन् । फोरमको तुलनामा राजपाले सरकारको त्यति आलोचना तथा विरोध गरेको छैन् ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...

नारायणीको पुलमुनि अड्किएको क्रुज सिप हटाउने तयारी

    नारायणी नदीको पुल मुनि अड्किएको राइनो क्रुज सिप हटाउने तयारी आज...