ओली सरकारका मन्त्री अटेरी भएको भन्दै रन्किएर सभामुख महराले गरे यस्तो रुलिङ



हाम्रो इकोनोमि

सभामुख कृष्णबहादुर महराले सरकारलाई समयमै संसदमा उपस्थित हुन रुलिङ गरेका छन् ।

शुक्रबारको संसद बैठक बिहान १० बजे बोलाइए पनि कोही पनि मन्त्री उपस्थित नहुँदा पौने घण्टा ढिलो गरी बैठक सुरु गर्नुपरेपछि सभामुख महराले सरकारलाई तोकिएकै समयमा उपस्थित हुन ध्यानाकर्षण गराएका हुन् ।

सरकार आफैले पेश गरेको आगामी आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रममाथि शुक्रबार पनि छलफल जारी रहने कार्यसूचि तय भए पनि सरकारको उपस्थिति नहुँदा सभामुखले मन्त्रीलाई कुरेर बस्नु परेको थियो ।

सरकारको प्रतिनिधिको पर्खाइमा बसेका सभामुख महराले वनमन्त्री शक्तिबहादुर बस्नेत संसद भवनमा पुग्ने वित्तिकै घण्टी बजाएका थिए ।

संसदबाट सभामुख महराले भने, ‘संसदमा सरकारको उपस्थिति ढिलो भएको छ । यसतर्फ म ध्यानाकर्षण गराउन चाहन्छु । मन्त्रीलगायत सबैको उपस्थिति समयमै होस् ।’

दुवै सदनको काम कारबाही सुरु हुन संसदमा मन्त्रीको उपस्थिति अनिवार्य हुनुपर्ने संसदीय अभ्यास छ । अझ नीति तथा कार्यक्रममाथि छलफल चलिरहेका बेला संसदमा प्रधानमन्त्री र अर्थमन्त्रीको उपस्थित हुनुलाई राम्रो मानिन्छ ।

संसदप्रति उत्तरदायी भएको दाबी गर्ने नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारमा २३ जना मन्त्री भए पनि अधिकांश मन्त्री संसदमा उपस्थित हुँदैनन् ।

यस्तै सभामुख महराले सांसदहरुलाई पनि नियममित रुपमा संसदमा उपस्थित हुन रुलिङ गरेका छन्।

नीति तथा कार्यक्रमाथि छलफल चलिरहँदा संसदका अधिकांश कुर्सी खाली हुन थालेपछि महराले सांसदहरुलाई पनि बैठकमा उपस्थित हुन निर्देशन दिएका हुन् । सांसदहरु आफूले पाएको समयमा बोलेर हिड्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ट्रम्प सहभागी रात्री भोजमा गोली चल्यो

    शनिबार भइरहेको एउटा रात्री भोजमा अमेरिकी राष्ट्रपति डोलान्ड ट्रम्पलगायतका सहभागी थिए...

सुकुमवासी बस्तीको जबरजस्ती विस्थापन अन्तिम विकल्प होइन : एमाले

    नेकपा एमालेले सुकुमवासी बस्ती हटाउने सरकारको तयारीप्रति आपत्ति जनाउँदै मौलिक अधिकार,...

सुकुमवासी बस्तीमा सरकारविरुद्ध प्रदर्शन

    सरकारले सुकुमवासी बस्ती खाली गराउने निर्णयको विरोधमा थापाथलीमा प्रदर्शन भइरहेको छ...

इजरायल र लेबनानबीच तीन साताको लागि युद्धविराम

     अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र लेबनानबीचको युद्धविराम तीन साताका लागि...