ललितपुरमा तीन घर जलेर ध्वस्त,३० लाख बढीको क्षति



हाम्रो इकोनोमि

ललिपुर मंगलबजारको तीनवटा घरमा आगलागी भएको छ । शुक्रबार बिहान स्थानीय नरहरिप्रासद लाखेको घरबाट सुरु भएको आगोका कारण सानुप्रासद लाखे र गीताप्रसाद लागेको घरमा पनि क्षति भएको छ ।

पहिला एउटै रहेको घर जादुभाइ छुट्टिने बेला तीनवटा बनाइएको थियो । विद्युत सर्ट भएर आगलागी भएको लगनखेल प्रहरीले जनाएको छ ।

बिहान साढे ८ बजे लागेको आगो ललिपुर, भक्तपुर तथा काठमाडौँबाट गएका दमकल, स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा झण्डै दुई घण्टापछि नियन्त्रणमा आएको मंगलबजार ट्राफिक प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक सरोज प्रजापतिले जानकारी दिएका छन् ।

आगलागीबाट घर पूर्णरुपमा क्षतिग्रस्त भएको छ भने घरमा रहेका सामान पनि जलेका छन् । यसबाट ३० लाख भन्दा बढीको नोक्सानी भएको अनुमान छ । मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...

नारायणीको पुलमुनि अड्किएको क्रुज सिप हटाउने तयारी

    नारायणी नदीको पुल मुनि अड्किएको राइनो क्रुज सिप हटाउने तयारी आज...