पूर्व राजा ज्ञानेन्द्रको दवाब र ज्योतिषीको सल्लाहमा यसरी संगै बस्न थाले पारस र हिमानी



झण्डै ६ बर्षदेखि कटु सम्बन्धमा रहेका पूर्व युवराज पारश शाह र पूर्व युवराज्ञी हिमानी शाहबीचको सम्बन्धमा सुधार आएको छ।लामो समयपछि पारश–हिमानी आफ्ना दुई सन्तानका साथ हर्षित मुद्रामा रहेको तस्वीर एकजना सञ्चारकर्मीले सार्वजनिक गरेका छन्।

मंगलबार साँझ राजधानीको कुनै रेष्टुरेन्टमा पारश र हिमानी छोरा हृदयेन्द्र र कान्छी छोरी कृतिका सहित देखिन्छन्।

‘एउटा इन्टरेष्टिङ फ्रेमः एउटा साधारण परिवारको ताजा असाधारण तस्वीर’ क्याप्सन राखेर सञ्चारकर्मी भूषण दाहालले पारश–हिमानीको ट्वीटरमार्फत् सार्वजनिक गरेका हुन्।

त्यो तस्वीर मंगलबार (८ जेठ २०७५) को भएको दाहालले बताए। तर त्यसबारे बिस्तृत जानकारी आफूलाई पनि नभएको दावी उनले गरे।

‘मलाई मेरो कुनै साथीले त्यो तस्वीर पठाइदियो, रेष्टुरेन्टमा सँगै गएको बेला भेटेपछि खिचेको रहेछ’ दाहालले भने, ‘तर कहाँको भन्ने कुरा मैले सोधिन।’

५ बर्षअघि ब्याङ्ककमा रहँदा थाई युवती कन्निका चाइसर्नसँगको सम्बन्धका कारण पारश–हिमानीबीचको सम्बन्ध दरार उत्पन्न भएको थियो।

थाइलैण्डमै रहेकी कन्निकाले भने पारशलाई बिर्सन सकेकी छैनन्, त्यसैले बेलाबेला उनीसँगका पुराना तस्वीर फेसबुकमा पोष्ट गरिरहन्छिन्।
कतिपय अवस्थामा त दुईबीचको बैवाहिक सम्बन्ध झण्डै पारपाचुकेको हदमा समेत पुगेको थियो। तर, निर्मल निवासले त्यो चाहिँ हुन दिएन।

थाइलैण्डमा पक्राउ परेपछि पारश नेपाल फर्केपनि पारश भिन्दै बस्दै आएका थिए। उनी पछिल्लो समय बहिनी शीताष्मासँग इमाडोलमा बस्दै आएका थिए।

दुई हप्ताअघि पनि राजधानीको त्रिशरा नामक रेष्टुरेन्टमा पूर्व शाही परिवार रात्रिभोजका लागि गएको थियो, जहाँ पारश र हिमानीपनि थिए।
पूर्वराजा ज्ञानेन्द्र र आमा कोमलसँगै रेष्टुरेन्टमा गएपनि पारश र हिमानी सँगै रहेको तस्वीर भने सार्वजनिक भएको थिएन।एक जना ज्योतिषीको सल्लाह बमोजिम उनीहरुको मिल्ती भएको हो।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्