मन नहुदा नहुदै यस्तो बाध्यता आई परेर पार्टी एकता गर्नु पर्यो भन्दै प्रचण्डले खुलाए यस्तो चुरो कुरो



हाम्रो इकोनोमि

नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकको अर्थतन्त्र डामाडोल हुने र मुलुकको अस्मिता नै बचाउन नसक्ने स्थितिमा पुग्ने भएकाले एकता भएको बताएका छन् । बिहिबार नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठनको १२ औं स्थापना दिवसको कार्यक्रममा प्रचण्डले यस्तो बताएका हुन् । एकता अवसर र चुनौती दुबै रहेको उनले बताए ।

‘अब यस्तै ७० वर्ष रहने हो भने अर्थतन्त्र डामाडोल हुन्छ’ उनले भने ‘अर्थतन्त्र जति डामाडोल हुँदै जान्छ यो राष्ट्रको अस्मिता त्यति नै खतरामा पर्दै जान्छ ।’ उनले भने ‘कुनै दिन यस्तो पनि आउन सक्छ नेपालको राष्ट्रिय अस्मिता बचाउनै नसक्ने ठाउँमा पुग्ने खतरा छ । यही कुरालाई हेरेर हाम्रा उतार चढाव घु्म्ती मोडहरु र हाम्रा सबै संघर्षहरुको समीक्षा गरेर एकतामा आयौं ।’

अबको सरकारलाई कसैले छुन पनि नसक्ने प्रचण्डले बताए । अबको सरकार कसैले हिलाएर नहिल्लिने बताए । ५ बर्ष सरकारको काम जनताले मुल्याङकन गर्न नपाएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...