नेकपाको पहिलो बैठक आज,दुई अध्यक्षले पढाउने भए यस्तो गम्भीर पाठ



हाम्रो इकोनोमि

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पहिलो बैठक बिहीबार बस्ने भएको छ ।नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकीकरण भएर नेकपा बनेपछि यो पहिलो बस्न लागेको हो । जेठ ३ गते घोषणा भएको नेकपाको कार्य समिति ४४१ सदस्यीय रहेको छ । त्यसमा ४५ सदस्यीय स्थायी समिति र नौ सदस्यीय सचिवालय रहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ वजे बस्ने बैठक भएको हुँदा विधि र प्रक्रियामा छलफल हुने केन्द्रीय सदस्य युवराज ज्ञवालीले जानकारी दिए ।

पार्टी एकीकृत भएपछि पहिलो बैठक भएका हुनाले पार्टी सञ्चालन विधि, एकीकरणको उद्देश्य लगायतको विषयमा अध्यक्षद्वयले ब्रिफिङ गर्ने उनले बताए । पहिलो बैठक भएका हुनाले परिचय भेटघाट र पार्टीका अध्यक्षबाट केही निर्देशन आउने अर्का केन्द्रीय सदस्य रामेश्वर राय यादवले बताए । नेकपा संसदीय दलको बैठक जेठ ८ गते बसेको थियो । बैठकमा पार्टीका अध्यक्षद्वयले नीति तथा कार्यक्रमलाई कार्यान्वयन गराउनुको जनतासँग गरिएको प्रतिवद्धता अनुसार कार्य गर्न निर्देशन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...

नारायणीको पुलमुनि अड्किएको क्रुज सिप हटाउने तयारी

    नारायणी नदीको पुल मुनि अड्किएको राइनो क्रुज सिप हटाउने तयारी आज...