नेकपाको पहिलो बैठक आज,दुई अध्यक्षले पढाउने भए यस्तो गम्भीर पाठ



हाम्रो इकोनोमि

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पहिलो बैठक बिहीबार बस्ने भएको छ ।नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकीकरण भएर नेकपा बनेपछि यो पहिलो बस्न लागेको हो । जेठ ३ गते घोषणा भएको नेकपाको कार्य समिति ४४१ सदस्यीय रहेको छ । त्यसमा ४५ सदस्यीय स्थायी समिति र नौ सदस्यीय सचिवालय रहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ वजे बस्ने बैठक भएको हुँदा विधि र प्रक्रियामा छलफल हुने केन्द्रीय सदस्य युवराज ज्ञवालीले जानकारी दिए ।

पार्टी एकीकृत भएपछि पहिलो बैठक भएका हुनाले पार्टी सञ्चालन विधि, एकीकरणको उद्देश्य लगायतको विषयमा अध्यक्षद्वयले ब्रिफिङ गर्ने उनले बताए । पहिलो बैठक भएका हुनाले परिचय भेटघाट र पार्टीका अध्यक्षबाट केही निर्देशन आउने अर्का केन्द्रीय सदस्य रामेश्वर राय यादवले बताए । नेकपा संसदीय दलको बैठक जेठ ८ गते बसेको थियो । बैठकमा पार्टीका अध्यक्षद्वयले नीति तथा कार्यक्रमलाई कार्यान्वयन गराउनुको जनतासँग गरिएको प्रतिवद्धता अनुसार कार्य गर्न निर्देशन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...