ओली सरकारका सबैभन्दा धनी र गरीब मन्त्री, कस्को कति सम्पत्ति, सबैभन्दा धनी रघुवीर महासेठ



हाम्रो इकोनोमि

केपी ओली नेतृत्वको सरकारका सबैभन्दा धनी मन्त्रीका रुपमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ देखिएका छन् । मन्त्री महासेठका  तीनवटा घर, सात ठाउँमा जग्गा, ५२ तोला सुन रहेको छन् ।   २७ तोला सुन पैतृक र २५ तोला दाइजोबापत प्राप्त भएको उनले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पेश गरेको सम्पति विवरणमा उल्लेख छ ।

महासेठको अधिकांश सम्पति श्रीमतिका नाममा रहेको उल्लेख छ । मन्त्री महासेठका जनकपुरमा दुईवटा र ललितपुरमा एउटा घर रहेको विवरणमा छ । ती घरहरु जनकपुरका घरको क्षेत्रफल ४२ र ६५ सय बर्गफिटमा फैलिएको छ भने ललितपुरको ५८ सय बर्गफिटमा फैलिएको छ । त्यसैगरी उनीको नाममा ५ वटा विभिन्न कम्पनीमा करोडौंको सेयर लगानी रहेको विवरण पनि सार्वजनिक भएको छ ।

त्यस्तै मन्त्री महासेठका नाममा मुलुकका विभिन्न सात स्थानमा जमिन रहेको पनि विवरणमा उल्लेख छ । धनुषा, ललितपुर र सिन्धुलीमा ४१ विगाहा भन्दा बढि जमिन रहेको पाइएको छ । उक्त जमिनमध्ये ५ स्थानको जमिन मन्त्री महतोकी श्रीमति जुली महताको नाममा रहेको छ  भने २ स्थानको मन्त्री महासेठकै नाममा छ । धनुषाको क्षिरेश्वर नगरपालिकामा ८ विगाहा, सिन्धुलीको कमलामाई नगरपालिकामा ५ विघा तीन कठ्ठा र  ललितपुर महानगरपालिकामा २–१३–३– क्षेत्रफलको जमिन पनि  छ ।

त्यस्तै ललितपुरकै धोवीघाटमा एक रोपनी भन्दा बढि जमिन रहेको छ । केही सम्पत्ति मन्त्री महासेठले सगोलको भएको विवरणमा खुलाएका छन् ।
त्यस्तै मन्त्री महासेठको ५३ तोला सुन, डेढ केजी चाँदी , सातवटा औठी २ जोर चुरा लगायत र ७२ लाख नगद रहेको पाइएको छ । त्यस्तै मन्त्री महासेठको करोडौ रुपैयाँ बरारको शेयर लगानी रहेको छ ।

यस्तै निकै मितव्ययी र सरल जीवनयापन गर्दै आएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितसँग सवारी साधनका नाममा एउटा पूरानो साइकल मात्र रहेको पाइएको छ ।

मन्त्री पण्डितले बुझाएको सम्पत्ति विवरणमा मोरङको विराटनगर–१२ मा एक कट्ठा जमिनमा ५ कोठे घर भएको उल्लेख छ । यस्तै विराटनगरमा एक कठ्ठा घर भएको जग्गा र सर्लाहीको बसबरियामा ४ बिघा पैत्रिक सम्पत्ति भएको उल्लेख छ । मन्त्री पत्नी विमला पण्डितको नाममा भैंसेपाटीमा ४ आना जग्गा रहेको विवरणमा उल्लेख गरिएको छ ।

यस्तै विराटनगरमा एक कठ्ठा घर भएको जग्गा र सर्लाहीको बसबरियामा ४ बिघा पैत्रिक सम्पत्ति भएको उल्लेख छ । मन्त्री पत्नी विमला पण्डितको नाममा भैंसेपाटीमा ४ आना जग्गा रहेको विवरणमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
९९ केन्द्रीय सदस्यका लागि रास्वपाको ३८४ जना उम्मेदवार

    रास्वपाको केन्द्रीय सदस्यको लागि ३८४ जनाले उम्मेदवारी दिएका छन् । महाधिवेशन...

रास्वपा महाधिवेशन : भोट हाल्न एकजनालाई १० मिनेट लाग्ने

    रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीले जारी महाधिवेशनमा मतदान सुरु हुन अझै दुई...

असार २० गतेसम्म कांग्रेसको क्रियाशील सदस्य नवीकरण गर्न पाईने

    नेपाली कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापन तथा अद्यावधिकको लागि नयाँ कार्यतालिका ल्याएको...

रास्वपाको सभापतिमा लामिछाने निर्विरोध, केन्द्रीय सदस्यमा चार सय बढीको उम्मेदवारी

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन्...