करोडौ खर्च गरेर बनाएका घर प्रचण्डले छोरीलाई दिए दाइजो,पुरोहित राखेर प्रचण्डका दुवै छोरीको नयाँ गृहप्रवेश



हाम्रो इकोनोमि

देशको सबैभन्दा धनी नेताका रूपमा समेत चिनिएका कम्युनिस्ट नेता प्रचण्डले आफ्ना दुई छोरीहरू (रेणु र गङ्गा)लाई आफ्नै निवासवरिपरि घर बनाइदिएका छन् ।

लाजिम्पाटको निवास नफापेपछि छोरा प्रकाशका निम्ति कुनै शारदा अधिकारी नामक ठेकेदारको नाममा बनाइएको खुमलटारस्थित घरमा बसोवास गर्न पुगेका प्रचण्डले आफ्ना दुवै छोरीलाई आफ्नै निवासको नजिकै दुईवटा घर बनाइदिएर गृहप्रवेश गराएका छन् ।

निकै हतार–हतारमा निर्माण गरिएका ती घरहरू ‘इन्टेरिएर’ लगायतको काम सम्पन्न हुन बाँकी भए पनि गत वैशाख २९ गते सनातनी धार्मिक विधिअनुरूप पूजा गरी दुई छोरीलाई गृहप्रवेश गराइएको थियो ।

उक्त दिन गृहप्रवेश नगराइँदा विजयादशमी या अर्को कुनै राम्रो साइत पर्खनुपर्ने भएकोले त्यसरी वैशाख २९ गते नै गृहप्रवेश गर्नुपरेको पूजामा संलग्न पुरोहितले बताएका छन् ।

देशलाई धर्मनिरपेक्ष तुल्याउन सर्वाधिक मुख्य भूमिका निर्वाह गर्ने र इसाई धर्मप्रति विशेष निकटता दर्शाउने प्रचण्डले छोरीहरूलाई गृहप्रवेश गराउँदा भने सनातन विधिअनुरूप पुरोहित राखेर पूजा गर्न लगाएका थिए, घटना र विचारमा उल्लेख छ ।

ज्ञातव्य छ, प्रचण्डले बुझाएको सम्पत्ति विवरणमा एक कट्टा जमिन (चितवनमा) र तीन तोला सुन मात्र उल्लेख छ । तर, नेताहरूमध्ये शेरबहादुर देउवाको भन्दा पनि विलासी जीवन यिनै प्रचण्डको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...

नारायणीको पुलमुनि अड्किएको क्रुज सिप हटाउने तयारी

    नारायणी नदीको पुल मुनि अड्किएको राइनो क्रुज सिप हटाउने तयारी आज...

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो

    ललितपुर महानगरपालिका धापाखेल-२४ मा साढे दुई तले घर ढलेको छ ।...