करोडौ खर्च गरेर बनाएका घर प्रचण्डले छोरीलाई दिए दाइजो,पुरोहित राखेर प्रचण्डका दुवै छोरीको नयाँ गृहप्रवेश



हाम्रो इकोनोमि

देशको सबैभन्दा धनी नेताका रूपमा समेत चिनिएका कम्युनिस्ट नेता प्रचण्डले आफ्ना दुई छोरीहरू (रेणु र गङ्गा)लाई आफ्नै निवासवरिपरि घर बनाइदिएका छन् ।

लाजिम्पाटको निवास नफापेपछि छोरा प्रकाशका निम्ति कुनै शारदा अधिकारी नामक ठेकेदारको नाममा बनाइएको खुमलटारस्थित घरमा बसोवास गर्न पुगेका प्रचण्डले आफ्ना दुवै छोरीलाई आफ्नै निवासको नजिकै दुईवटा घर बनाइदिएर गृहप्रवेश गराएका छन् ।

निकै हतार–हतारमा निर्माण गरिएका ती घरहरू ‘इन्टेरिएर’ लगायतको काम सम्पन्न हुन बाँकी भए पनि गत वैशाख २९ गते सनातनी धार्मिक विधिअनुरूप पूजा गरी दुई छोरीलाई गृहप्रवेश गराइएको थियो ।

उक्त दिन गृहप्रवेश नगराइँदा विजयादशमी या अर्को कुनै राम्रो साइत पर्खनुपर्ने भएकोले त्यसरी वैशाख २९ गते नै गृहप्रवेश गर्नुपरेको पूजामा संलग्न पुरोहितले बताएका छन् ।

देशलाई धर्मनिरपेक्ष तुल्याउन सर्वाधिक मुख्य भूमिका निर्वाह गर्ने र इसाई धर्मप्रति विशेष निकटता दर्शाउने प्रचण्डले छोरीहरूलाई गृहप्रवेश गराउँदा भने सनातन विधिअनुरूप पुरोहित राखेर पूजा गर्न लगाएका थिए, घटना र विचारमा उल्लेख छ ।

ज्ञातव्य छ, प्रचण्डले बुझाएको सम्पत्ति विवरणमा एक कट्टा जमिन (चितवनमा) र तीन तोला सुन मात्र उल्लेख छ । तर, नेताहरूमध्ये शेरबहादुर देउवाको भन्दा पनि विलासी जीवन यिनै प्रचण्डको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...