प्रधानमन्त्री ओलीको बैंक खाता ४२ लाख,सबै सम्पति श्रीमतीका नाममा,जग्गा कति सुन कति?



हाम्रो इकोनोमि

 प्रधानमन्त्री लगायत मन्त्रीहरुले सम्पती विवरण सार्वजनिक गरेका छन्।

विवरण अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको बैंक खातामा ४२ लाख रुपैयाँ छ। एभरेष्ट बैंकमा रहेको खातामा ४२ लाख रुपैयाँ रहेको प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले जनाएको छ। जून रकम तलब भत्ता बापतको भएको उल्लेख गरिएको छ।

ओलीको सम्पती श्रीमती राधिका शाक्यको नाममा छ। २ वटा घर छन्। २ कित्ता जग्गा छ, जसमध्ये एउटा १ रोपनी र अर्काे डेढ रोपनी छ। जून जग्गामा २ वटा घर छन्।

त्यस्तै झापाको पृथ्वीनगरमा १० कठ्ठा जग्गा छ। ओलीसँग करिब १७÷१८ तोला गहना रहेको उल्लेख छ।

त्यस्तै श्रीमती राधिकाको नाममा ३ वटा बैंकमा खाता छन्। माछापुच्छ«े बैकमा ४ लाख, प्रभ बैंकमा ६ लाख, राष्ट्रिय वचतपत्रमा २५ लाख रुपैयाँ लगानी छ। राष्ट्र बैंकका पूर्व कर्मचारीका रुपमा उक्त बचत रहेको उनको भनाई छ।

प्रतिक्रिया दिनुहोस
सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...

नारायणीको पुलमुनि अड्किएको क्रुज सिप हटाउने तयारी

    नारायणी नदीको पुल मुनि अड्किएको राइनो क्रुज सिप हटाउने तयारी आज...

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो

    ललितपुर महानगरपालिका धापाखेल-२४ मा साढे दुई तले घर ढलेको छ ।...