सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई बोकेर कांग्रेसले राष्ट्रपतिलाई यसरी दियो मुखभरीको जवाफ



हाम्रो इकोनोमि

प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई अपमान गरिएको भन्दै नेपाली कांग्रेसले गम्भीर आपत्ति जनाएको छ । सोमबार सरकारद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई सम्मान सूचक सम्बोधन नगरेको भन्दै कांग्रेसले आफ्नो ध्यानकार्षण भएको जनाएको हो ।

मंगलबार नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा बसेको कांग्रेस संसदीय दलको बैठकले सरकारका तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गर्दा राष्ट्रपति विद्यादेवी भण्डारीले सम्मानसूचक प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई सम्बोधन नगरेको प्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै विज्ञप्ती निकालेको छ ।

कार्यक्रममा राष्ट्रपति भण्डारीले प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनालाई कुनै सम्बोधन बिना प्रधिनिधिसभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षमात्रै भनेकी थिइन् । बैठकमा उपस्थित कांग्रेस नेताहरुले नीति तथा कार्यक्रमका बारेमा आ–आफ्नो धारण व्यक्त गरेका थिए । त्यस्तै बैठकले नीति तथा कार्यक्रमले संघीय लोकतान्त्रिक गणतन्त्रालाई संस्थागत गर्ने, नेपाली जनताको घर आगनमा सरकारको सेवा र सुविधा पु¥याउने जस्ता कार्यक्रम नल्याएको जनाएको छ ।

सबैको प्रतिबद्धता एवं नेपाली जनताको चाहनालाई वेवास्ता गर्दै स्थानीय सरकार तथा प्रदेश सरकारलाई सशक्त बनाउने योजना दृढतापूर्वक समेत नआएको कांग्रेसको ठहर छ । बैठकले नीति र कार्यक्रम पार्टीको घोषणापत्र जस्तो घोषणाको पुलीन्दा मात्र रहेको पनि टिप्पणी गरेको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले आफ्नै खुट्टामा उभिएर अगाडि बढ्छ : ओली

     नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेलाई एक्ल्याउने प्रयास भइरहेको बताएका छन्...

सरकारले स्वास्थ्य, शिक्षा र विद्युतमा समेत लगायो कर

    आजदेखि नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएको छ । यससँगै सरकारले...

अहिले प्रदेश सरकार फेरबदलको समय होइन : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले कार्यकालको अन्तिम समयमा प्रदेश सरकार फेरबदल...

मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...