सुन समितिले गोरेको पक्राउपछि पायो यस्तो सूचना,सुन काण्डमा पूर्व मन्त्रीको नाम जोडीएर आयो यस्तो बयान



हाम्रो इकोनोमि

सुन तस्करी र मोरङका शनम शाक्य हत्या प्रकरणको छानबिन गर्न गृह मन्त्रालयका सह–सचिवको संयोजकत्वमा गठित समितिले पक्राउ परेका चूडामणि उप्रेती (गोरे)बाट थप सूचना र प्रमाण फेला पारेको जनाएको छ ।

मंगलवार विहान काठमाडौंबाट पक्राउ परेका गोरेलाई गृहमन्त्रालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने क्रममा समितिका संयोजक ईश्वर पौडेलले गोरेबाट थप महत्वपूर्ण सूचना प्राप्त भएको बताए ।

‘सुन तस्करी र सनम शाक्य हत्यासम्बन्धी मुद्दा अहिले जिल्ला अदालत मोरङमा बिचाराधीन अवस्थामा छ,’ सह–सचिव पौडेलले भने, ‘मुद्दाका अभियुक्त र थप केही व्यक्तिको विषयमा गोरेबाट महत्वपूर्ण सूचना प्राप्त भएका छन् ।’

सह–सचिव पौडेलले गोरेबाट प्राप्त थप सूचनाका आधारमा समितिले अनुसन्धान प्रक्रिया अगाडि बढाइसकेको बताए । ‘थप केही व्यक्तिको विषयमा पनि सूचना प्राप्त भएकाले अनुसन्धानको दायरलाई बढाएका छौं,’ पौडेलले भने, ‘सुन तस्करीमा संलग्न थप केही अभियुक्त पनि पक्राउ पर्न सक्छन् ।’

विगत ५ वर्षदेखि संगठित रुपमै सुन तस्करीमा संलग्न गोरे मंगलवार विहान काठमाडौंको गौरीघाटबाट पक्राउ परेका हुन् । मोरङको उर्लावारी–४ स्थायी घर भएका गोरे काठमाडौंको गौरीघाटमा बस्दै आएका थिए । श्रोतका अनुसार गोरेले पूर्व गृह मन्त्री सहितका केही प्रभाब साली नेताको नाम लिएका छन्।

प्रहरीको उच्च स्रोतबाट प्राप्त जानकारीका अनुसार गोरे भारतबाट परिवारका व्यक्तिलाई भेट्न भनेर काठमाडौं आएका थिए । समितिले गोरे काठमाडौं आउन लागेको सूचना तीन दिन अगाडि प्राप्त गरेको थियो ।
गोरेलाई काठमाडौंमै पक्राउ गर्न गृह मन्त्रालयद्वारा गठित समितिका सबै सदस्यहरु परिचालन गरिएका थिए ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...