सुन तस्करीका मुख्य नाइके ‘गोरे’ गौरीघाट बाट यसरी समातिए,गृह मन्त्रालयमा खुलाए यस्तो थप रहस्य



हाम्रो इकोनोमि

शनम शाक्य हत्या प्रकरणसँगै खुलेको ३८ सय केजी सुन तस्करीका मुख्य नाइके चूडामणि उप्रती गोरेलाई आज प्रहरीले सार्वजनिक गरेको छ। गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनलाई सार्वजनिक गरिएको हो। गोरेलाई आजै मोरङ जिल्ला अदालतमा पेश गर्न पठाउइने भएको छ।

गोरेबाट थप तस्करीका रहस्य खुलेको गृह मन्त्रालयका छानबिन समितिका संयोजक ईश्वरराज पौडेलले बताए। आज बिहान साढे ५ बजे काठमाडौंको गौरीघाटबाट उनलाई पक्राउ गरिएको थियो।

उनको समूहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ वर्षदेखि सुन तस्करी गर्दै आएको थियो। विमानस्थलमा एयरलाइन्सका कर्मचारी र प्रहरीसँग सेटिङ मिलाएर गोरेले सुन तस्करी गर्दै आएका थिए।

गत माघ ९ गते विमानस्थलबाट तस्करी भएको साढे ३३ किलो सुन हराएपछि सुन लुटेको आशंकामा उनले करेन्ट लगाएर सनम शाक्यको हत्या गरेको थिए। शाक्य हत्याको विस्तृत अनुसन्धान गर्ने क्रममा उनको तस्करीको धन्दा बाहिर आएको हो। सो प्रकरणमा विशेष समितिले यसअघि ३० जनालाई पक्राउ गरिसकेको छ। जसमध्ये ८ जना प्रहरी अधिकारी छन्।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...