देउवाले सत्तोसराप गरेको ओली सरकारको विजयकुमार गच्छदारले यसरी तारिफ गर्दै यति सम्म भन्न भ्याए



हाम्रो इकोनोमि

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका बरिष्ठ नेता विजयकुमार गच्छदारले सरकारले ल्याएको नीति तथा कार्यक्रम समग्रमा राम्रै भएपनि अब कार्यान्वयनमा चूनौति रहेको प्रतिक्रिया दिएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी आर्थिक २०७५/७६ को नीति तथा कार्यक्रम संघीय संसद् (राष्ट्रिय सभा /प्रतिनिधिसभाको संयुक्त बैठकमा प्रस्तुत गरेपछि संसद भवन परिसरमा आज पत्रकारहरुसँग कुरा गर्दै नेता गच्छदारले यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनले भने,‘सरकारका नीति तथा कार्यक्रम राम्रो हुन्छन् । राम्रो हुँदाहुँदैपनि त्यसलाई व्यवहारमा कसरी उतार्ने भन्ने कुरा मुख्य हो, अब हेरौं नीतिलाई बजेटमा कसरी ल्याउँछन् ? त्यो महत्वपूर्ण कुरा हो।’

सरकारले नयाँ प्रतिबद्धतासहित नीति तथा कार्यक्रम ल्याएपनि कृषि तथा सिँचाईलाई फोकस नगरेको उनको गुनासो छ । त्यस्तै उनले नीति तथा कार्यक्रमबारे आफ्नो पार्टी कांग्रेसले आधिकारिक रुपमा भोलि वा पर्सी धारणा सार्वजनिक गर्ने जानकारी दिए ।

राष्ट्रपति भण्डारीबाट वर्तमान सरकारको पहिलो नीति तथा कार्यक्रम सदनमा आज अपराह्न प्रस्तुत गरेकी हुन् । तत्कालीन नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गत फागुन ३ गते वर्तमान सरकार गठन भएको थियो ।

राष्ट्रपति भण्डारी नयाँ बानेश्वरस्थित संसद् भवनमा आगमन हुँदा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, न्याय, कानून तथा संसदीय व्यवस्थामन्त्री शेरबहादुर तामाङ, संसद् सचिवालयका महासचिवसहित सचिवालयका उच्च अधिकृतले स्वागत गरेका थिए ।
सोही अवसरमा नेपाली सेनाको एक टुकडीले राष्ट्रपति भण्डारीको सम्मानमा सम्मान गारत अर्पण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...