बालकृष्ण ढुंगेल सहितका यी र यस्ता आठ सय ५० कैदीलाई ओली सरकारले यसरी दिने भयो आम माफी



हाम्रो इकोनोमि

सरकारलै आठ सय ५० भन्दा बढी कैदीलाई आम माफी दिने तयारी गरेको छ। आम माफीका लागि कारागार ब्यवस्थापन विभागले पेश गरेको आठ सय ५० भन्दा बढी कैदीको सूचीलाई गृह मन्त्रालयले अन्तिम रुप दिने तयारी गरिरहेको छ।

मन्त्रिपरिषद् बैठकले निर्णय गरी राष्ट्रपतिले स्वीकृत गरेपछि आम माफी कार्यान्वयनको प्रकृयामा जान्छ। सरकारले दशै‌ र गणतन्त्र दिवशको अवसर पारेर हरेक वर्ष कैदीलाई आम माफी दिने गरेको छ। ४० प्रतिशत सजाय काटेका र असल चालचलन भएका कैदीहरु मात्र यसको हकदार हुन्छन्। तर विभिन्न २३ कसुरमा भने आम माफी दिन नमिल्ने ब्यवस्था छ।

जिल्ला कारागार र जिल्ला प्रशासन प्रमुखले सिफारिस गरेपछि कारागार ब्यवस्थापनले देशभरबाट आएका त्यस्ता सिफारिसमध्येबाट सुची तयार गर्छ र त्यसलाई गृहले अन्तिम रुप दिने गर्दछ । स्रोतका अनुसार यस किसिमका आम माफी राजनितिक लबिङको प्रभाव पनि अत्यधिक रहने गर्दछ।

सरकारले गत दशैको उपलक्ष्यमा देशभरका चार सय ३३ कैदीलाई आम माफी दिएको थियो। कारागार ब्यवस्थापन विभागका अनुसार हाल देशभरका कारागारमा करिब २० हजार कैदीबन्दी छन्। बाल कृष्ण ढुंगेल समेतले आम माफी पाउने भएका छन्।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...