ओली सरकारले ‘एक घर एक रोजगारी’को अभियान चलायो,सक्षम युवालाई वैदेशिक रोजगारीका यस्ता ५ विकल्प दियो



हाम्रो इकोनोमि

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले युवा पलायन रोक्न वैदेशिक रोजगारको विकल्पमा ‘एक घर एक रोजगारी’को योजना अघि सार्ने भएको छ।

आज संसदमा प्रस्तुत हुने सरकारको नीति तथा कार्यक्रममा मन्त्रालयले आन्तरिक श्रम बजारलाई व्यवस्थापन गर्न यस्तो योजना अघि सार्न लागेको हो। देशभित्र रोजगारीका अवसर सिर्जना गरी केही वर्षभित्रै वैदेशिक रोजगारीको विकल्पमा नेपालको श्रम बजारमा युवालाई दक्ष बनाई काम गर्ने वातावरण तय गर्ने योजना कार्यक्रममार्फत सार्वजाजिक हुँदैछ।

नीति तथा कार्यक्रममा वैदेशिक रोजगारीबाट फर्किएका कामदारलाई उद्यमी बनाउनका लागि विषेश कार्यक्रम ल्याइने, रोजगारीका लागि बाहिरिने कामदारलाई दक्ष बनाउन ७ प्रदेशमा तालिम केन्द्र स्थापना गर्ने, रोजगारीका लागि विदेशिने युवाको तलब नेपालबाटै निर्धारण गरेमात्र श्रम स्वीकृति जारी गर्ने लगायतका विषयलाई कार्यक्रममा प्रस्तुत हुने मन्त्रालय स्रोतले जानकारी दिएको छ।

मन्त्रालयले वैदेशिक रोजगारीका क्रममा विदेशमा घाइते भई उपचाररत कामदारलाई स्वदेश फकाई नेपालकै सरकारी अस्पतालमा उपचार गर्ने व्यवस्था गर्ने, रोजगारीमा क्रम श्रम अवधि सकिएर मृत्यु हुने कामदारका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने विषयलाई प्रथामिकतामा राखेको मन्त्रालय स्रोतको भनाइ छ। रोजगार पीडित परिवारका छोराछोरीलाई उपलब्ध गराउँदै आएको छात्रावृत्ति लगायतका विषयलाई पनि कार्यक्रममा समेटिने भएको छ।

मन्त्रालयले युवा विदेशिने क्रम कम गर्न ५ विकल्पसहितको नयाँ योजना अघि सार्न लागेको हो। कृषि पेसा, पर्यटन, होटल व्यवसाय, स्थानीयस्तरको व्यवसाय र रोजगारीबाट फर्किएका युवालाई उद्यमी बनाउन विषेश कार्यक्रम अघि बढाइनेछ। श्रमिकको तलब वृद्धि गर्ने, कामदारको तलब बैंकबाट मात्र भुत्तानी गर्ने, श्रमिकको बिमा अनिवार्य गरिने जस्ता विषयलाई कार्यक्रममा प्रस्तुत गरिँदैछ। मन्त्रालयले आन्तरिक श्रम बजारलाई व्यवस्थित गर्दै स्वरोजगार सिर्जना गर्ने योजना बनाइरहेको छ।

प्रतिक्रिया दिनुहोस
१५ औं महाधिवेशन तयारीको जिम्मा सशांकलाई, गगनको कार्य समितिलाई मान्यता नदिने

    नेपाली कांग्रेसको शेरवहादुर देउवा पक्षले आयोजना गरेको राष्ट्रिय भेलाले १५ औं...

भदौका लागि वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

  भदौ महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । साउनको...

मलाई अध्यक्षबाट हटाएर त देखाऊ, के हुन्छ : केपी ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई अध्यक्षबाट हटाएर देखाउन खुला...

नाइमा मोबिलिटी एक्स्पोको आज अन्तिम दिन

    भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आज (३१ साउन) समापन...