तीन पटक गृह मन्त्रालयको बागडोर सम्हालेका बामदेव गौतमलाई ओली सरकारले दिने भयो यस्तो शक्तिशाली अवसर



हाम्रो इकोनोमि

सरकारले निकट भविष्यमै शक्तिशाली प्रकृतिको विकास निर्माण प्राधिकरण निर्माण गर्ने भएको छ। समृद्धि र सुशासनलाई प्राथमिकता दिएको केपी शर्मा ओली नेतृत्वको नेकपाको सरकारले पार्टी सचिवालय सदस्य बामदेब गौतमलाई प्राधिकरणको कार्यकारी नेतृत्व दिने गरी प्राधिकरणको नेतृत्व दिन लागिएको हो।

विकास र समृद्धिको क्षेत्रमा रुचिका कारणले पनि गौतमलाई कार्यकारी नेतृत्व दिने गरी प्राधिकरणको नेतृत्व दिन लागिएको हो। गौतमलाई प्राधिकरणको नेतृत्व दिन प्रधानमन्त्री ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दुबैले सहमति जनाएका छन्। गौतम गत निर्वाचनमा बर्दिया १ मा पराजित भएका थिए।

राजनीतिक विषयवस्तुका अलावा समृद्धि र विकास मामिलामा रुचि भएका गौतमले नेपाल नवनिर्माण महाअभियान नामको पुस्तक समेत प्रकासित गरेका छन्। १५ पुष (०७४) मा सो पुस्तकको विमोचन ओली र प्रचण्डले संयुक्त रुपमा गरेका थिए। त्यसक्रममा प्रचण्डले गौतमलाई विकास सम्बन्धी कुनै जिम्मेवारी दिइने खुलाशापनि गरेका थिए।

पार्टी एकताका क्रममा गौतमलाई एमाले–माओवादी केन्द्रले समृद्धि र सुशासन सम्बन्धी कार्यदलको जिम्मेवारी दिइएको थियो। संयुक्त चुनावी घोषणा पत्रका समावेश गरिएका कार्यक्रमहरुको कार्यान्वयन कसरी गर्ने भन्ने सम्बन्धमा सो कार्यदल केन्द्रित थियो। संयुक्त चुनावी घोषणा पत्रको निर्माणमा पनि गौतमले अगुवाई गरेका थिए।

गौतमले आफूले विकास निर्माण सम्बन्धी प्राधिकरण बन्नुपर्छ भन्ने सुझाव आफूले सार्वजनिक रुपमा दिएको गौतमले बताए। प्राधिकरण सर्वाधिकार सम्पन्न हुनुपर्ने भएकाले त्यसको मुख्यव्यक्ति प्रधानमन्त्री हुनुपर्ने गौतमले बताए। गौतमले भने, ‘प्रधानमन्त्री नभैकन त्यो सर्वाधिकार सम्पन्न बन्न सक्दैन।’

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...