डिडिसीका हाकिम आफ्नै मातहतका कर्मचारी बाट यसरी पिटिए,हाकिम भर्कुर्नेलाइ प्रहरीले हान्यो यस्तो चाबुक



हाम्रो इकोनोमि

दुग्ध विकास संस्थान अर्थात डिडिसीका महाप्रबन्धक डा इश्वरी अधिकारी आफ्नै कर्मचारीबाट पिटिएका छन् । सोमबार बिहान बसेको वोर्ड बैठकको कर्ममा भनाभन हुँदा त्यहाँका डिजी अधिकारीलाई कर्मचारी सुभाष राईले भकुरेका हुन । संस्थान संचालक समितिले राईले संस्थानलाई बुझाउनुपर्ने रकम बुझाउनका लागि अनुरोध गर्दा उनी आक्रोसित हुँदै महाप्रबन्धकमाथि हातपात गरेका हुन् ।

दुग्ध विकास संस्थानका कर्मचारीले पछिल्ला तीन वर्षमा राजस्व भुक्तानी, जिन्सी सामग्री बिक्री र पेश्की शीर्षकमा २ करोड ४९ लाख ४२ हजार ३ सय ७८ रुपैयाँ घोटाला गरेकोमा उक्त रकम फिर्ता गर्न संचालक समितिले २०७४ माघमा निर्देशन दिएको थियो । त्यो निर्देशन अनुसार सबैले रकम फिर्ता गरिसके पनि राईले गरेका थिएनन् । घोटाला भएको रकम उठाउन सञ्चालक समिति नै सक्रिय लागेको छ । संस्थानलाई नोक्सानी पु¥याउने कर्मचारीले आफ्नो जिम्मामा रहेको रकम तिरिसके पनि राईले भने अटेरी गर्दैआएका थिए ।

हिनामिना भएको सोही रकम फिर्ता गर्न माग गर्दा महाप्रवन्धक पिटिएका हुन । मदिरा सेवन गरेर कार्यालयमा आएका राईले दुग्ध विकास संचालन समितिका अध्यक्ष रघु गौतममाथि पनि उनले हातपातको प्रयास गरेका थिए ।आफ्नै हाकिममाथि हातपातको प्रयास गरेपछि प्रहरीसँग गुहार मागिएको थियो । लगतै महानगरीय प्रहरी बृत्त लैनचौरले पक्राउ गरी सार्वजनिक अपराधमा मुद्दा चलाइएको छ । आफ्नै हाकिममाथि हातपात गर्ने उनी अहिले प्रहरी हिरासतमा छन् ।

डिडिसिका धेरै कर्मचारीहरुले धेरै कर्मचारीले दूध, दही, घिउ, पनिरलगायत बिक्रीबाट जम्मा गर्नुपर्ने राजस्व कोषमा दाखिला नगरी आफ्नै गोजी भरेका थिए । यसरी अनियमितता गर्नेहरुमा सुभाष राईसहित बालकृष्ण भण्डारी, तेजनाथ ढकाल, नेजनाथ ढकाल, बुसबहादुर भुजेल, प्रेमप्रसाद पराजुली, विनोद शर्मा र गोविन्दबहादुर गुरुङ समेत छन । यी कर्मचारीहरुको मिलेमतोमा कुल ८६ लाख ६६ हजार ५ सय ९८ रुपैयाँ घोटाला गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
एमाले आफ्नै खुट्टामा उभिएर अगाडि बढ्छ : ओली

     नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेलाई एक्ल्याउने प्रयास भइरहेको बताएका छन्...

सरकारले स्वास्थ्य, शिक्षा र विद्युतमा समेत लगायो कर

    आजदेखि नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएको छ । यससँगै सरकारले...

अहिले प्रदेश सरकार फेरबदलको समय होइन : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले कार्यकालको अन्तिम समयमा प्रदेश सरकार फेरबदल...

मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...