ओली,प्रचण्ड र माधवकै सामुन्ने झलनाथले यसरी फायर खोले पछी यस्तो सम्म भयो पहिलो बैठकमा



हाम्रो इकोनोमि

नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले आफ्ना वरियता खोसिएकोमा आपत्ति जनाएका छन् ।
सोमबार बसेको केन्द्रीय सचिवालयको बैठकमा खनालले वरियता खोस्ने निर्णयप्रति खेद जनाएका छन् । साथै उनले निर्णय पुनर्विचार गर्न आग्रह गरेका छन् ।

एमाले र माओवादी एकता घोषणा हुँदा खनाल चीनमा थिए । उनको वरियता पनि खोसिएको छ । उनी तत्कालीन एमालेमा अध्यक्ष केपी शर्मा ओलीपछिको वरियतामा थिए ।
तर, नेकपामा अध्यक्षद्वय ओली र प्रचण्डपछिको वरियतामा माधवकुमार नेपाल आएका छन् । खनाल त्यसपछि छन् ।

यस्ता छन् बैठकका निर्णय-

– ४४१ सदस्यीय केन्द्रीय समितिलाई पूर्णता दिइयो।

– संगठनात्मक एकीकरणलाई अघि बढाउन विधानको परिपूरक हुनेगरी नियमावली निर्माण गर्न मस्यौदा कार्यदल गठन। (कार्यदलमा महासचिव विष्णु पौडेल, देव गुरुङ, वेदुराम भुसाल, खिमलाल देवकोटा रहेका छन्)।

– संगठनात्मक एकीकरणका अरु काम अघि बढाउन ७ वटै प्रदेश र प्रवासमा एकीकरण प्रक्रियाको निम्ति सुझाव पेस गर्न पूर्व घटकहरुका इन्चार्ज, संयोजक र सहसंयोजक रहने गरी हरेक प्रदेश र प्रवासका लागि ४/४ सदस्यीय कार्यदल गठन।

– जनवर्गीय  संगठनको एकीकरणका लागि सम्बन्धित जनवर्गीय संगठनको पूर्व घटकहरुको इन्चार्ज र सम्बन्धित मोर्चाको प्रमुख रहने गरी ४ सदस्यीय कार्यदललाई जिम्मेवारी दिने।

– यी तीन वटै कार्यदलको समायवधि १५ दिन तोकिएको छ।

– केन्द्रीय कार्यालयको सञ्चालनको निम्ति दुई अध्यक्षले केही समयभित्रै निर्णय दिनेगरी जिम्मेवारी दिइएको सचिवालयका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

प्रतिक्रिया दिनुहोस
एमाले आफ्नै खुट्टामा उभिएर अगाडि बढ्छ : ओली

     नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेलाई एक्ल्याउने प्रयास भइरहेको बताएका छन्...

सरकारले स्वास्थ्य, शिक्षा र विद्युतमा समेत लगायो कर

    आजदेखि नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएको छ । यससँगै सरकारले...

अहिले प्रदेश सरकार फेरबदलको समय होइन : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले कार्यकालको अन्तिम समयमा प्रदेश सरकार फेरबदल...

मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...