नेपालमा उपचार सम्भव नभएपछी राष्ट्रकवि माधवप्रसाद घिमिरेलाइ थप उपचारका लागी भारत लैजाने तयारी



हाम्रो इकोनोमि

राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई थप उपचारका लागि भारत लैजाने तयारी भएको छ । घिमिरेलाई १५ दिन अघि ग्राण्डि अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।
उमेरका कारण उनलाई तीन महिना अघि मुटु, फोक्सो र मिर्गौलामा समस्या देखिएको थियो । यद्यपी १५ दिन देखि दिसामा रगतको मात्रा देखिन थालेपछि उनलाई अस्पताल भर्ना गरिएको हो ।

नेपालमा भएका सबै प्रविधि प्रयोग गरेर उपचार गर्दा पनि दिसामा रगतको मात्रा किन नरोकिएको हो भन्ने पत्ता लाग्न नसकेपछि उनलाई उपचारका लागि भारत लगिने तयारी भएको हो ।

उनकी छोरी डा किरण रेग्मीले दिएको जानकारी अनुसार दिसामा रगतको मात्रा देखिएको कारण पत्ता लाग्न नसकेकाले बाहिर लाने तयारी गरिएको हो । यद्यपी भारत नै लाने कि अन्तै लाने भन्ने निर्णय भइसकेको र कहिले लाने भन्ने पनि निश्चित नभइसकेको डा रेग्मीले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...