गुण्डालाइ कोर्रा हानेर अन्त्य गर्दै जनताको राज स्थापना गर्ने यस्तो योजना सुनाए गृहमन्त्री बादलले



हाम्रो इकोनोमि

गृहमन्त्री रामबहादुर थापाले अब देशभर गुण्डाराजको अन्त्य गरी जनताको राज स्थापना हुने बताएका छन्।

भक्तपुरमा सोमबार आयोजना गरेको शहीद तथा बेपत्ता परिवार सम्मान एवम् अभिनन्दन कार्यक्रममा बोल्दै उनले देशभर देखिएको गुण्डाराज, अपराध, तस्करी, महिला हिंसा, भष्ट्राचार अन्त्य गर्न सरकार सक्रिय रहेको बताए। उनले अब गुण्डाराजको अन्त्य गर्दै जनताको राज स्थापना हुने उनको भनाइ थियो।

देशमा रहेको सबै प्रकारको सिण्डिकेटको अन्त्य गर्ने बताउँदै मन्त्री थापाले यस्तो प्रवृत्तिको अन्त्य गर्दै यो सरकार विकास र समृद्धिको बाटोमा अगाडि बढिरहेको बताए। मुलुक भ्रष्टाचार र तस्करीको कारण मुलुकको विकास अवरुद्ध भएको बताउँदै सरकार भ्रष्टाचार र तस्करीको अन्त्य गर्ने उनको भनाइ थियो ।

उनले जनयुद्धका शहीद तथा बेपत्ताका परिवारलाई उचित सम्मान र सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै गृहमन्त्री थापाले अहिलेको समाजवाद उन्मुख संघीय सरकार निर्माणमा शहीद र बेपत्ता योद्धाहरुको बलिदानबाट नै आजको उपलब्धि हासिल भएको दाबी गरे।

बेपत्ता नागरिक र शहीदले देखेको सपना अझै पूरा नभएकाले भन्दै शहीद र बेपत्ता परिवारको सपना साकार पार्न वर्तमान सरकार प्रतिबद्ध रहेको चर्चा गरे। भक्तपुरमा प्राकृतिक स्रोतको दुरुपयोग गरी भूमि दोहन मौलाएको भन्दै अवैध बालुवा उत्खननलाई रोक्न उनले भक्तपुरको प्रहरी प्रशासनलाई निर्देशन दिए।

जिल्लामा हप्ता असुली गर्दै आएका सबै गुण्डाहरुलाई समेत कारबाही गर्न गृहमन्त्री थापाले प्रशासनलाई निर्देशन दिए।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका नेता दिलकृष्ण प्रजापति, देवेन्द्र श्रेष्ठ, जिल्ला संयोजक डिपी ढकाललगायतले वर्तमान सरकारले परिवार र शहीद परिवारका सम्मान गर्दै मुलुकलाई समृद्धितर्फ लानुपर्नेमा जोड दिए।

प्रतिक्रिया दिनुहोस
असार २० गतेसम्म कांग्रेसको क्रियाशील सदस्य नवीकरण गर्न पाईने

    नेपाली कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापन तथा अद्यावधिकको लागि नयाँ कार्यतालिका ल्याएको...

रास्वपाको सभापतिमा लामिछाने निर्विरोध, केन्द्रीय सदस्यमा चार सय बढीको उम्मेदवारी

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन्...

कुन प्रदेशबाट कति छन रास्वपाका महाधिवेशन प्रतिनिधि

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पार्टीको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक...

एमाले उपाध्यक्ष पौडेललाई काठमाडौं ल्याइयो

    सुर्खेतबाट पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई काठमाडौं ल्याइएको छ...