यस्ता निर्णय गर्दै नेकपाको पहिलो सचिवालय बैठक यसरी भयो सम्पन्न



हाम्रो इकोनोमि

बालुवाटारमा बिहान १० बजेको लागि बोलाइएको नेपाल कम्युनिस्ट पार्टीको पहिलो सचिवालय बैठक सकिएको छ।बैठक करिब ३ घन्टापछि सुरु भई केही निर्णय गर्दै सकिएको हो।

यस्ता छन् बैठकका निर्णय-

– ४४१ सदस्यीय केन्द्रीय समितिलाई पूर्णता दिइयो।

– संगठनात्मक एकीकरणलाई अघि बढाउन विधानको परिपूरक हुनेगरी नियमावली निर्माण गर्न मस्यौदा कार्यदल गठन। (कार्यदलमा महासचिव विष्णु पौडेल, देव गुरुङ, वेदुराम भुसाल, खिमलाल देवकोटा रहेका छन्)।

– संगठनात्मक एकीकरणका अरु काम अघि बढाउन ७ वटै प्रदेश र प्रवासमा एकीकरण प्रक्रियाको निम्ति सुझाव पेस गर्न पूर्व घटकहरुका इन्चार्ज, संयोजक र सहसंयोजक रहने गरी हरेक प्रदेश र प्रवासका लागि ४/४ सदस्यीय कार्यदल गठन।

– जनवर्गीय  संगठनको एकीकरणका लागि सम्बन्धित जनवर्गीय संगठनको पूर्व घटकहरुको इन्चार्ज र सम्बन्धित मोर्चाको प्रमुख रहने गरी ४ सदस्यीय कार्यदललाई जिम्मेवारी दिने।

– यी तीन वटै कार्यदलको समायवधि १५ दिन तोकिएको छ।

– केन्द्रीय कार्यालयको सञ्चालनको निम्ति दुई अध्यक्षले केही समयभित्रै निर्णय दिनेगरी जिम्मेवारी दिइएको सचिवालयका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री नआएसम्म सदन चल्न नदिने एमालेको चेतावनी

   नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले प्रधानमन्त्री सदनमा नआएसम्म सदन अगाडि नबढ्ने...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

     मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् । पर्सा अदालतको आदेशपछि...

काठमाडौंको गोकर्णेश्वरमा बर्ड फ्लु देखियो

    काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका विभिन्न वडाहरूमा ‘हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा’ अर्थात् बर्ड...

४३ हजार अमेरिकी डलर सहित एक युवक पक्राउ

    काठमाडौंबाट रसुवा जाँदै गरेको बसमा  एक युवकको साथबाट ४३ हजार अमेरिकी...