काग्रेसलाइ सधै सुताउने गरी अरु वाम पनि यसरी मिल्ने भए



हाम्रो इकोनोमि

प्रमुख दुई कम्युनिष्ट पार्टी नेकपा एमाले र माओवादी केन्द्र मिलेर नेपाल कम्युनिष्ट पार्टी गठनको केही समयमै संसद बाहिरका चार साना कम्युनिष्ट पार्टीले एकताको गृहकार्य थालेका छन् ।

मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, मोहन विक्रम सिंह नेतृत्वको नेकपा मसाल र ऋषि कट्टेल नेतृत्वको नेकपाले एकताको तयारी गरेका हुन् ।

निर्वाचन आयोगमा यसअघि नै दर्ता भएको नेकपाका अध्यक्ष कट्टेलले पार्टी एकताका लागि गृहकार्य भइरहेको जानकारी दिए । ‘एकताको विषयमा हामीले धेरै चरणमा छलफल गरिसकेका छौं, छिट्टै मूर्त रुप पाउँछ’ उनले भने । विप्लवविरुद्ध सरकारी वारेण्टका कारण बैठक बस्न ढिलाइ भएको एक नेताले बताए ।

एमाले र माओवादी मिलेर बनेको नेकपा नाम मात्रको कम्युनिष्ट भएकोले सशक्त कम्युनिष्ट पार्टी बनाउने उनीहरुले दावी गरे । ‘नाम कम्युनिष्ट पार्टी राखेपनि उनीहरु (एमाले माओवादी मिलेर बनेको पार्टी) को चरित्र कम्युनिष्ट जस्तौ छैन’ कट्टेलले भने, ‘हामी नाम मात्र होइन काम पनि कम्युनिष्टले जस्तै गछौ ।’

विप्लव, वैद्य र मोहनविक्रम सिंहले राष्ट्रियताको मुद्धामा आन्दोलन गर्ने भन्दै गत वर्षको पौष ५ गते संयुक्त विज्ञप्ति जारी गरेका थिए । विप्लव नेतृत्वको नेकपासँग सीपी मैनाली नेतृत्वको मालेले पनि एकता गर्ने चर्चा चलेको थियो ।

हामी बहसमै छौ : मोहन विक्रम

मसालका महामन्त्री मोहन विक्रम सिंहले भने मोहन वैद्य लगायतसंग पार्टी एकता गर्ने नगर्ने भन्ने विषयमा आफूहरुले बहस शुरु गरेको बताए ।

‘पार्टी एकताको तयारी होइन उहाँहरुसँग बहस गरेका छौं, के समानता छन् र के अन्तर छन् भन्ने कुरा छलफल गछौं’ नेता सिंहले  भने, ‘सैद्धान्तिक प्रश्नमा सहमत भयो भने एकतासम्म पुग्न सकिन्छ ।’

मोहन विक्रमले एमाले माओवादी एकतालाई सकारात्मक रुपमा लिएको बताए । ‘यसलाई कम्युनिष्ट एकता भन्न मिल्दैन, किनभने उहाँहरु मार्क्सवादबाट धेरै बिचलित भइसक्नु भएको छ’ उनले भने, ‘तैपनि देशको राजनीतिक स्थायित्वका लागि दुई दलको एकता महत्वपूर्ण हुन्छ ।’

प्रतिक्रिया दिनुहोस
१५ औं महाधिवेशन तयारीको जिम्मा सशांकलाई, गगनको कार्य समितिलाई मान्यता नदिने

    नेपाली कांग्रेसको शेरवहादुर देउवा पक्षले आयोजना गरेको राष्ट्रिय भेलाले १५ औं...

भदौका लागि वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

  भदौ महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । साउनको...

मलाई अध्यक्षबाट हटाएर त देखाऊ, के हुन्छ : केपी ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई अध्यक्षबाट हटाएर देखाउन खुला...

नाइमा मोबिलिटी एक्स्पोको आज अन्तिम दिन

    भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आज (३१ साउन) समापन...