काग्रेसलाइ सधै सुताउने गरी अरु वाम पनि यसरी मिल्ने भए



हाम्रो इकोनोमि

प्रमुख दुई कम्युनिष्ट पार्टी नेकपा एमाले र माओवादी केन्द्र मिलेर नेपाल कम्युनिष्ट पार्टी गठनको केही समयमै संसद बाहिरका चार साना कम्युनिष्ट पार्टीले एकताको गृहकार्य थालेका छन् ।

मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, मोहन विक्रम सिंह नेतृत्वको नेकपा मसाल र ऋषि कट्टेल नेतृत्वको नेकपाले एकताको तयारी गरेका हुन् ।

निर्वाचन आयोगमा यसअघि नै दर्ता भएको नेकपाका अध्यक्ष कट्टेलले पार्टी एकताका लागि गृहकार्य भइरहेको जानकारी दिए । ‘एकताको विषयमा हामीले धेरै चरणमा छलफल गरिसकेका छौं, छिट्टै मूर्त रुप पाउँछ’ उनले भने । विप्लवविरुद्ध सरकारी वारेण्टका कारण बैठक बस्न ढिलाइ भएको एक नेताले बताए ।

एमाले र माओवादी मिलेर बनेको नेकपा नाम मात्रको कम्युनिष्ट भएकोले सशक्त कम्युनिष्ट पार्टी बनाउने उनीहरुले दावी गरे । ‘नाम कम्युनिष्ट पार्टी राखेपनि उनीहरु (एमाले माओवादी मिलेर बनेको पार्टी) को चरित्र कम्युनिष्ट जस्तौ छैन’ कट्टेलले भने, ‘हामी नाम मात्र होइन काम पनि कम्युनिष्टले जस्तै गछौ ।’

विप्लव, वैद्य र मोहनविक्रम सिंहले राष्ट्रियताको मुद्धामा आन्दोलन गर्ने भन्दै गत वर्षको पौष ५ गते संयुक्त विज्ञप्ति जारी गरेका थिए । विप्लव नेतृत्वको नेकपासँग सीपी मैनाली नेतृत्वको मालेले पनि एकता गर्ने चर्चा चलेको थियो ।

हामी बहसमै छौ : मोहन विक्रम

मसालका महामन्त्री मोहन विक्रम सिंहले भने मोहन वैद्य लगायतसंग पार्टी एकता गर्ने नगर्ने भन्ने विषयमा आफूहरुले बहस शुरु गरेको बताए ।

‘पार्टी एकताको तयारी होइन उहाँहरुसँग बहस गरेका छौं, के समानता छन् र के अन्तर छन् भन्ने कुरा छलफल गछौं’ नेता सिंहले  भने, ‘सैद्धान्तिक प्रश्नमा सहमत भयो भने एकतासम्म पुग्न सकिन्छ ।’

मोहन विक्रमले एमाले माओवादी एकतालाई सकारात्मक रुपमा लिएको बताए । ‘यसलाई कम्युनिष्ट एकता भन्न मिल्दैन, किनभने उहाँहरु मार्क्सवादबाट धेरै बिचलित भइसक्नु भएको छ’ उनले भने, ‘तैपनि देशको राजनीतिक स्थायित्वका लागि दुई दलको एकता महत्वपूर्ण हुन्छ ।’

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...