पूर्व एमालेको भागमा परेका नेकपाका २४१ केन्द्रीय सदस्य फाइनल (नामावलीसहित)



हाम्रो इकोनोमि

नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिमा तत्कालिन एमालेका तर्फबाट २४१ केन्द्रीय सदस्यको नामावली टुंगो लगाएको छ । एकीकरणअघि तत्कालिन एमालेले तत्कालिन माओवादी केन्द्रसँग भएको सहमतिअनुसार ४४१ सदस्सीय केन्द्रीय समितिमध्ये २४१ सदस्य भाग पाएको थियो । जसअनुसार एमालेले तत्कालिन केन्द्रीय समितिमा रहेका सदस्य र हाल ४५ जना थप गरी २४१ जनाको नाम टुंगो लगाएको हो ।

पूर्व एमालेको स्थायी समितिले ४१ सदस्यको नाम टुङ्ग्याउन अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव कुमार नेपालाई जिम्मा दिएको थियो । सोहि अनुसार ४५ जनाको नाम टुंगो लगाएसँगै तत्कालिन एमालेले भागमा पाएको सबै केन्द्रीय सदस्यको सूची टुंगो लागेको हो ।
तत्कालिन एमालेबाट टुंगो लगाइएको नाम अब एकीकृत पार्टीका दुई अध्यक्ष ओली र प्रचण्डले अनुमोदन गर्नुपर्ने बताइएको छ ।

यसैबीच तत्कालीन माओवादीको केन्द्रको भागमा परेको २०० केन्द्रीय सदस्य मध्ये ८४ जनाको नाम तय भएका छन् ।
एकीकृत पार्टीका लागि तत्कालीन माओवादीका ८४ केन्द्रीय सदस्य तय (सूचि), ११६ को खोजी
माओवादी केन्द्र हुँदा सचिवालयमा रहेका ८४ जना स्वत केन्द्रीय सदस्य भएका हुन् । त्यसबाहेक अन्य ११६ जना छान्ने काम जारी छ ।तत्कालीन माओवादी केन्द्रले आज ११६ जनाको नाम टुंगाउने तयारी गरेको छ ।
नेकपामा स्थायी कमिटीका ४५ जनामा तत्कालीन एमालेबाट २६ र माओवादीबाट १९ जना रहनेछन् ।

प्रतिक्रिया दिनुहोस
एमाले आफ्नै खुट्टामा उभिएर अगाडि बढ्छ : ओली

     नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेलाई एक्ल्याउने प्रयास भइरहेको बताएका छन्...

सरकारले स्वास्थ्य, शिक्षा र विद्युतमा समेत लगायो कर

    आजदेखि नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएको छ । यससँगै सरकारले...

अहिले प्रदेश सरकार फेरबदलको समय होइन : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले कार्यकालको अन्तिम समयमा प्रदेश सरकार फेरबदल...

मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...