भाेज खाएर फर्किएका मेयरले सर्वसाधारणलाइ यसरी भकुरे, ६ जना घाइते प्रहरीले उजुरी लिन मानेन



हाम्रो इकोनोमि

धनुषाको शहीद नगरपालिकाका मेयर उदय बरबरियाले गएराति स्थानीयहरुलाई कुटपिट गरेका छन्।

जनप्रतिनिधिले नै कुटपिट गरेपछि सरोकारवालाहरुले घटनाको छानवीन गरी दोषिलाई कडा कारवाहीको माग गरेका छन्। शहीदनगर नगरपालिका को मेयर उदय बरबरिया तथा वडा नम्बर ८ का वडा अध्यक्ष तनुक लाल कुसियैतसहित ९–१० जना को समूहले कमला नपा ९ नरहामा स्थानीयहरुलाई निर्घाट कुटपिट गरेका हुन्।

तर माअाेवादीबाट निर्वाचित बरबरियाविरूद्ध प्रहरीले उजुरी लिन अस्वीकार गरेकाे छ।

सशस्त्र प्रहरी बेस क्याम्प दुबरकोट हथलेटवाबाट भोज खाएर फर्किंदै गरेका मेयर बरवरिया सवार गाडीले राति सर्वसाधारणलाई ठक्कर दिएपछि विवाद भएको थियो। विवादपछि मेयर बरबरिया नेतृत्वको समूहले सर्वसाधारणमाथि अाक्रमण गरेकाे हाे। मेयर समूहकाे अाक्रमणबाट रामदेव साह, अमोद कुमार साह, राजेश यादव, जय कुमार साह, पुनिता कुमारी, शान्ति देवी घाइते भएका छन्।

घाइतेहरुलाई जनकपुर अञ्चल अस्पतालमा सामान्य उपचारपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ। घटना सम्बन्धमा मेयर बरबरियाले प्रतिक्रिया दिन मानेन्।

मेयर नेतृत्वमा भएको कुटपिटको घटनाबारे प्रहरी प्रशासनलाई जानकारी गराए पनि छानविनको लागि कुनै चासो नदिएको पीडित रामदेव साहले जनाए। मेयर र प्रहरी प्रशासनको मिलोमतोका कारण आफूहरु पीडित भएको भन्दै उनीहरुले दोषीउपर कारवाही माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस
एमाले आफ्नै खुट्टामा उभिएर अगाडि बढ्छ : ओली

     नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेलाई एक्ल्याउने प्रयास भइरहेको बताएका छन्...

सरकारले स्वास्थ्य, शिक्षा र विद्युतमा समेत लगायो कर

    आजदेखि नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएको छ । यससँगै सरकारले...

अहिले प्रदेश सरकार फेरबदलको समय होइन : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले कार्यकालको अन्तिम समयमा प्रदेश सरकार फेरबदल...

मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...