ऋणमा चुर्लुम्मै डुबेपछि एमालेसँग माओवादीले एकता गरेको यसरी भयो खुलासा



हाम्रो इकोनोमि

तत्कालीन माओवादी केन्द्रले आफ्नो सम्पत्ती विवरण संकलन थालेको छ । तत्कालीन एमालेसँग पार्टी एकतापछि ‘नेपाल कम्युनिस्ट पार्टी’को स्वामित्वमा लिनका लागि सम्पत्तीको एकिन विवरण खोज्न थालिएको हो ।

तत्कालीन एमाले र माओवादी एकीकरणपछि नेपाल कम्युनिस्ट पार्टी एशियाकै तेस्रो ठूलो कम्युनिस्ट पार्टी बनेको छ । सम्पत्तीको एकिन विवरण त तयार पारिएको छैन तर, एमालेको भन्दा माओवादीसँग चल-अचल सम्पत्ति कम छ ।

तत्कालीन माओवादीका एक नेताले भने, ‘हामीसँग एक अर्ब जति सम्पत्ती होला, तर हाम्रोभन्दा धेरै एमालेसँग छ ।’

हाल कोटेश्वर पेरिसडाँडामा तत्कालीन माओवादीको पार्टी कार्यालय र सो कार्यालयले चर्चेको जग्गा छ । पेरिसडाँडाँको भवन र जग्गा मजदुर संगठनको नाममा छ।

नेकपाका नेता एवम् तत्कालीन माओवादी कार्यालयका मुख्यसचिव प्रह्लाद बुढाथोकीका अनुसार पेरिसडाँडामा दुईवटा बिल्डिङ, एउटा टहरोसहित ६ रोपनी जग्गा छ । उनले भने, ‘काठमाडौंमा पार्टीले प्रयोग गरेको यही ६ रोपनी हो, बाँकी विवरण जिल्ला जिल्लाबाट संकलन गर्दैछौं ।’

पेरिसडाँडाबाहेक तत्कालीन माओवादी कर्मचारीको आफ्नै जग्गा र भवन छ । बबरमहलस्थित सडक बिभागको ठीक अगाडिको जग्गा सरकारले उपलब्ध गराएपछि कर्मचारीले आफ्नै खर्चमा भवन बनाएका छन् । यसको फिनिसिङको काम बाँकी नै छ ।

यसबाहेक धेरैजसो जिल्लामा आफ्नै जग्गा र भवन छन् । प्रायजसो सबै सहिद स्मृति प्रतिष्ठानको नाममा छन् । ‘पार्टीको नाममा कसैले पैसा नदिने भएकाले प्रतिष्ठानमार्फत् जग्गा र भवनको व्यवस्था गरेर पार्टी कार्यालय सन्चालन हुँदै आएको छ । त्यो पार्टीकै सम्पत्ति हो,’ माओवादीका एक नेताले भने ।

चितवनमा १० कठ्ठा जग्गामा भब्य भवन बनाइएको छ । यसमा वैद्य माओवादीले समेत दावी गरेपछि झडपको स्थिति आएको थियो । त्यसैगरी रुकुमको सेरिगाउँ, रोल्पा, कास्की, गोर्खा, सुर्खेत, दैलेख, झापाको दमक लगायतका स्थानमा पनि तत्कालीन माओवादीको आफ्नै कार्यालय छ ।

नगदबारे बोल्न अनिच्छुक

नगद कति छ भन्ने हिसाब पनि माओवादीसँग छैन । नेताहरु नगदको विषयमा खुलेर बताउन चाहँदैनन् । नगद मौजदातको तुलनामा ऋणको बारेमा भने उनीहरु खुलेर कुरा गर्छन् । रुकुमका एक नेताले भने, ‘ऋणको कुरै नगरम्, कुरा गरेर साध्य छैन ।’

तत्कालीन माओवादीका मुख्य सचिव प्रह्लाद बुढाथोकीले ऋणको एकिन हिसाब नभएको बताए । उनले भने, ‘हिसाब निकालिसकेका छैनौं । तर, करोडमा छैन, लाखमा ऋण होला ।’

जिल्लाका अधिकांश नेताहरुले चुनावको बेला ऋण लिएर खर्च चलाएका थिए । ति ऋण तिर्न बाँकी रहेको जिल्लामा क्रियाशील नेताहरु बताउँछन् । तर, उनीहरुले पनि ठ्याक्कै यति ऋण छ भनेर भन्न सकेका छैनन्

प्रतिक्रिया दिनुहोस
१५ औं महाधिवेशन तयारीको जिम्मा सशांकलाई, गगनको कार्य समितिलाई मान्यता नदिने

    नेपाली कांग्रेसको शेरवहादुर देउवा पक्षले आयोजना गरेको राष्ट्रिय भेलाले १५ औं...

भदौका लागि वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

  भदौ महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । साउनको...

मलाई अध्यक्षबाट हटाएर त देखाऊ, के हुन्छ : केपी ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई अध्यक्षबाट हटाएर देखाउन खुला...

नाइमा मोबिलिटी एक्स्पोको आज अन्तिम दिन

    भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आज (३१ साउन) समापन...