ओली सरकारका चल्तापूर्जा मन्त्री मातृका यादवलाई उपचारको लागि आज थाइल्याण्ड लगिँदै



हाम्रो इकोनोमि

टाउको र कम्मरमा समस्या आएर उपचार गराइरहेका नेकपाका नेता तथा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव थप उपचारका लागि आज थाइल्याण्ड जाँदैछन् । आइतबार आज दिउँसो १ बजे उपचारका लागि यादव थाइल्याण्ड जाँदैछन् ।

यसअघि उनको उपचार काठमाडौंको नर्भिक अस्पतालमा हुँदै आएको थियो । उनलाई आइतबार दिउँसो साढे एक बजेको उडानबाट थाइल्याण्ड लगिँदैछ ।

अखिल क्रान्तिकारीका उपाध्यक्षसमेत रहेका मातृका यादवका छोरा रविकिरणका अनुसार उनमा टाउको र कम्मरको समस्या छ । पछाडितिर टाउको अति नै दुख्न थालेपछि मातृकालाई अस्पताल भर्ना गरिएको थियो । नर्भिकमा उनलाई डाक्टरहरु पंकज जलन, जीपी जयसवाल लगायतले हेरेका थिए ।

‘एकपटक थाइल्याण्ड गएर देखाउने सल्लाह डाक्टरहरुले दिनुभयो । त्यही भएर थाइल्याण्डको बुम्रुङमा उपचार गर्न लैजान लागिएको हो,’ रविकिरणले भने ।
मातृकाको साथमा नेपालबाट उनकी श्रीमती थाइल्याण्ड जानेछिन् भने उता दूतावासका कर्मचारीहरुले सघाउने छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले आफ्नै खुट्टामा उभिएर अगाडि बढ्छ : ओली

     नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेलाई एक्ल्याउने प्रयास भइरहेको बताएका छन्...

सरकारले स्वास्थ्य, शिक्षा र विद्युतमा समेत लगायो कर

    आजदेखि नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएको छ । यससँगै सरकारले...

अहिले प्रदेश सरकार फेरबदलको समय होइन : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले कार्यकालको अन्तिम समयमा प्रदेश सरकार फेरबदल...

मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...