ओली सरकारका चल्तापूर्जा मन्त्री मातृका यादवलाई उपचारको लागि आज थाइल्याण्ड लगिँदै



हाम्रो इकोनोमि

टाउको र कम्मरमा समस्या आएर उपचार गराइरहेका नेकपाका नेता तथा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव थप उपचारका लागि आज थाइल्याण्ड जाँदैछन् । आइतबार आज दिउँसो १ बजे उपचारका लागि यादव थाइल्याण्ड जाँदैछन् ।

यसअघि उनको उपचार काठमाडौंको नर्भिक अस्पतालमा हुँदै आएको थियो । उनलाई आइतबार दिउँसो साढे एक बजेको उडानबाट थाइल्याण्ड लगिँदैछ ।

अखिल क्रान्तिकारीका उपाध्यक्षसमेत रहेका मातृका यादवका छोरा रविकिरणका अनुसार उनमा टाउको र कम्मरको समस्या छ । पछाडितिर टाउको अति नै दुख्न थालेपछि मातृकालाई अस्पताल भर्ना गरिएको थियो । नर्भिकमा उनलाई डाक्टरहरु पंकज जलन, जीपी जयसवाल लगायतले हेरेका थिए ।

‘एकपटक थाइल्याण्ड गएर देखाउने सल्लाह डाक्टरहरुले दिनुभयो । त्यही भएर थाइल्याण्डको बुम्रुङमा उपचार गर्न लैजान लागिएको हो,’ रविकिरणले भने ।
मातृकाको साथमा नेपालबाट उनकी श्रीमती थाइल्याण्ड जानेछिन् भने उता दूतावासका कर्मचारीहरुले सघाउने छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...