तिन नम्बर प्रदेशलाई धुलोमुक्त बनाउने मन्त्री केशव स्थापितको यस्तो छ योजना, काठमाण्डौको सबै सडक छ महिना भित्र कालोपत्रे हुने



हाम्रो इकोनोमि

प्रदेश ३ लाई धुलोमुक्त बनाउने प्रदेश सरकारका भौतिक पुर्वाधार विकास मन्त्री केशव स्थापितले एक अमेरिकीले कम्पनीसित सम्झौता गर्ने भएका छन् ।

त्यसका लागि सडकलाई धुलौटो बनाएर एग्री विन्ड नामक केमिकल प्रयोग गर्न अमेरिकी कम्पनी स्टेडफास्ट सित सम्झौता हुन लागेको हो ।

आज गोकर्ण रिसोर्टमा उक्त प्रविधिबारे जानकारी दिन प्रदेश मन्त्रालयले जनप्रतिनिधिहरुको भेला बोलाएको थियोे ।

भेलामा एग्री विन्ड केमिकलको नेपाली प्रतिनिधि कम्पनी इकोसेन्टृकका सुनील लोहियाले केमिकल प्रयोगबारे जानकारी गराए ।

उनले दिएको जानकारी अनुसार धुलौटे बाटोलाई ६ इन्च खन्ने, त्यसमा रहेका ढुङ्गा हटाउने र खनिएको ६ इन्चमा माटोलाई पाउडर बनाइ भर्ने, उक्त माटोलाई हल्का पानीले भिजाई एग्री विन्ड केमिकल हाल्नुपर्दछ । घाम चर्को लागेको अवस्थामा केमिकल हालेको दुई घन्टापछि त्यस्तो बाटो प्रयोग गर्न योग्य हुन्छ । बाटो बनाउन रोडा, बालुवा, अलकत्राजस्ता सामानको जरुरत पर्दैन ।

इक्वेडर, पेरु, रोमानिया, कोस्टरिका जस्ता मुलुकमा यही प्रविधिका सडकहरु निर्मित छन् ।

कार्यक्रममा एग्री विन्डका अध्यक्ष रोबर्ट फ्रीजमेनले उक्त केमिकलको प्रयोगबाट कम्तीमा पाँच बर्षसम्म सडकमा कुनै समस्या नआउने भन्दै यदि समस्या आएमा कम्पनीले त्यसको ग्यारेन्टी लिने बताए ।

मन्त्री स्थापितले सार्वजनिक खरिद ऎन संसोधन नभएसम्म तत्कालका लागि स्थानीय निकायले उपभोक्ता समितिको निर्णयका आधारमा काम थाल्न निर्देशन दिए ।

उनले भौतिक निर्माणका लागि ठेकेदारको मुख ताक्नुपर्ने अवस्थाको अन्त्य गर्न प्रदेश सरकारले नै निर्माण कम्पनी स्थापनाको तयारी गरेको पनि सुनाए ।

प्रतिक्रिया दिनुहोस
एमाले आफ्नै खुट्टामा उभिएर अगाडि बढ्छ : ओली

     नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेलाई एक्ल्याउने प्रयास भइरहेको बताएका छन्...

सरकारले स्वास्थ्य, शिक्षा र विद्युतमा समेत लगायो कर

    आजदेखि नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएको छ । यससँगै सरकारले...

अहिले प्रदेश सरकार फेरबदलको समय होइन : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले कार्यकालको अन्तिम समयमा प्रदेश सरकार फेरबदल...

मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...