पेरिसडाँडाको कार्यालयमा ओली प्रचण्डलाई एउटै टेबल, यस्तो देखियो चहलपहल



हाम्रो इकोनोमि

नवगठित नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड यसअघि माओवादीको केन्द्रीय कार्यालय रहेको कोटेश्वर पेरिसडाँडा पुगेका छन् । शुक्रवार साढे ५ बजे पेरिसडाँडा पुग्दा पूर्व माओवादीका कार्यकर्ताले उनीहरूलाई भव्य स्वागत गरेका थिए ।

ओली र प्रचण्डसँगै महासचिव विष्णु पौडेल र सचिवालयका नेताहरू कोटेश्ववर पुगेका हुन् । प्रचण्ड र ओलीलाई एउटै टेवलमा दुईवटा कुर्सीको व्यवस्था गरिएको थियो ।

नेकपा एमाले र माओवादी केन्द्रबीच बिहीवार पार्टी एकता भएको थियो । एकताको भोलिपल्ट ओली र प्रचण्डले दुवै कार्यालयमा गएर पदभार ग्रहण गरेका हुन् ।

अपराह्न धुम्बाराहीस्थित तत्कालीन एमालेको केन्द्रीय कार्यालयमा गएर पदभार सम्हालेपछि अध्यक्षद्वयसहित सचिवालय सदस्यहरु पेरिसडाँडा पुगेका थिए । पेरिसडाँडामा दुवै नेताले शहीदको शालिकमा माल्यार्पण समेत गरेका थिए ।

त्यस्तै शुक्रबार नै नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालसहितको टोली धुम्बाराहीस्थित कार्यालयमा पुगेको थियो । उक्त कार्यालयमा कम्युनिष्ट पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीसहितको टोलीले प्रचण्डलाई स्वागत गरेको थियो । त्यहाँ कम्युनिष्ट पार्टीका अध्यक्षद्वय र सचिवालय सदस्यले सामूहिक तस्वीर खिचाएका थिए ।

प्रतिक्रिया दिनुहोस
एमाले आफ्नै खुट्टामा उभिएर अगाडि बढ्छ : ओली

     नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेलाई एक्ल्याउने प्रयास भइरहेको बताएका छन्...

सरकारले स्वास्थ्य, शिक्षा र विद्युतमा समेत लगायो कर

    आजदेखि नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएको छ । यससँगै सरकारले...

अहिले प्रदेश सरकार फेरबदलको समय होइन : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले कार्यकालको अन्तिम समयमा प्रदेश सरकार फेरबदल...

मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...