माधव नेपाल र बिष्णु पौडेलले यसरी पाए लड्डु नै लड्डु,झलनाथ र ईश्वर पोखरेलको भागमा पर्यो जुठो भड्डु



नेकपा एमाले र माओवादी मिलेर नेपाल कम्युनिष्ट पार्टी बनेपछि संगठनको रुप फेरिएको छ । संख्या र आकार बदलिएको छ ।नेताहरुको व्यवस्थापन तत्कालका लागि काम चलाउ हिसाबले बनाइएको छ । महाधिवेशनसम्मका लागि बनाइएको हाइकमाण्ड अर्थात सचिवालय नौ सदस्यीय छ ।

एमालेमा उपमहासचवि रहेका विष्णु पौडेललाई सचिवालयको शक्तिशाली महासचिवको जिम्मेवारी दिइएको छ भने तत्कालिन एमालेका पूर्व अध्यक्ष झलनाथ खनालको वरियता घटेको छ ।

यसअघि एमालेमा हुँदा दोस्रो वरियतामा रहेका खनाल एकतापछि चौँथोमा पुगेका छन् । माधव नेपालभन्दा अगाडि रहेका खनाललाई एकता हुँदा भने नेपालभन्दा पछि राखिएको छ ।

पछिल्लो सयम पार्टीभन्दा बढि व्यक्तिगत कामका लागि सक्रिय हुने गरेको आरोप खनालमाथि लागेको छ । उनी पार्टी एकता घोषणा कार्यक्रममा पनि सहभागि भएनन् ।

व्यक्तिगत कामका लागि उनी चीनमा रहेको बताइएको छ । एकता प्रक्रियामा पनि महत्वपूर्ण सहयोग नगरेकाले वरियाता घटाइएको बताइएको छ ।

यता पौडेलले भने दुई दल एकताका लागि महत्वपूर्ण भूमिका खेलेको भन्दै महासचिवको जिम्मेवारी दिइएको छ । पौडेल पार्टीभित्र सन्तुलित र राम्रो छवी भएका नेता मानिन्छन् । उनका लागि सचिवालयको महासचिव पाउनु ठूलो उपलब्धि हो ।

झलनाथ खनालको कमजोरीको फाइदा माधव कुमार नेपालले लिएका छन् । पछिल्लो समय एकता प्रक्रियामा महत्वपूर्ण भुमिका देखाएका नेपाल तेस्रो वरियतामा पर्न सफल भए । यसअघि खनालभन्दा पछि रहेका नेपाललाई एकतापछि अघि सारिएको हो ।

उता एमाले महासचिव रहेका ईश्वर पोखरेल पनि एकतापछि पदविहिन बने । एमालेको शक्तिशाली महासचिव रहेका उनी एकतापछि अहिले रक्षा मन्त्री मात्रै छन् ।तर हाइ कमाण्डमा भने अटेका छन् ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्