माधव नेपाल र बिष्णु पौडेलले यसरी पाए लड्डु नै लड्डु,झलनाथ र ईश्वर पोखरेलको भागमा पर्यो जुठो भड्डु



हाम्रो इकोनोमि

नेकपा एमाले र माओवादी मिलेर नेपाल कम्युनिष्ट पार्टी बनेपछि संगठनको रुप फेरिएको छ । संख्या र आकार बदलिएको छ ।नेताहरुको व्यवस्थापन तत्कालका लागि काम चलाउ हिसाबले बनाइएको छ । महाधिवेशनसम्मका लागि बनाइएको हाइकमाण्ड अर्थात सचिवालय नौ सदस्यीय छ ।

एमालेमा उपमहासचवि रहेका विष्णु पौडेललाई सचिवालयको शक्तिशाली महासचिवको जिम्मेवारी दिइएको छ भने तत्कालिन एमालेका पूर्व अध्यक्ष झलनाथ खनालको वरियता घटेको छ ।

यसअघि एमालेमा हुँदा दोस्रो वरियतामा रहेका खनाल एकतापछि चौँथोमा पुगेका छन् । माधव नेपालभन्दा अगाडि रहेका खनाललाई एकता हुँदा भने नेपालभन्दा पछि राखिएको छ ।

पछिल्लो सयम पार्टीभन्दा बढि व्यक्तिगत कामका लागि सक्रिय हुने गरेको आरोप खनालमाथि लागेको छ । उनी पार्टी एकता घोषणा कार्यक्रममा पनि सहभागि भएनन् ।

व्यक्तिगत कामका लागि उनी चीनमा रहेको बताइएको छ । एकता प्रक्रियामा पनि महत्वपूर्ण सहयोग नगरेकाले वरियाता घटाइएको बताइएको छ ।

यता पौडेलले भने दुई दल एकताका लागि महत्वपूर्ण भूमिका खेलेको भन्दै महासचिवको जिम्मेवारी दिइएको छ । पौडेल पार्टीभित्र सन्तुलित र राम्रो छवी भएका नेता मानिन्छन् । उनका लागि सचिवालयको महासचिव पाउनु ठूलो उपलब्धि हो ।

झलनाथ खनालको कमजोरीको फाइदा माधव कुमार नेपालले लिएका छन् । पछिल्लो समय एकता प्रक्रियामा महत्वपूर्ण भुमिका देखाएका नेपाल तेस्रो वरियतामा पर्न सफल भए । यसअघि खनालभन्दा पछि रहेका नेपाललाई एकतापछि अघि सारिएको हो ।

उता एमाले महासचिव रहेका ईश्वर पोखरेल पनि एकतापछि पदविहिन बने । एमालेको शक्तिशाली महासचिव रहेका उनी एकतापछि अहिले रक्षा मन्त्री मात्रै छन् ।तर हाइ कमाण्डमा भने अटेका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले आफ्नै खुट्टामा उभिएर अगाडि बढ्छ : ओली

     नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेलाई एक्ल्याउने प्रयास भइरहेको बताएका छन्...

सरकारले स्वास्थ्य, शिक्षा र विद्युतमा समेत लगायो कर

    आजदेखि नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएको छ । यससँगै सरकारले...

अहिले प्रदेश सरकार फेरबदलको समय होइन : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले कार्यकालको अन्तिम समयमा प्रदेश सरकार फेरबदल...

मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...