ओली सरकारले ४ खर्ब खर्च गरेर १० वर्षमा यी ठाउँमा यस्ता एयरपोर्ट बनाउने भयो



हाम्रो इकोनोमि

पहिलो पटक स्पष्ट बहुमत सहित बनेको कम्युनिष्ट सरकारले देशको पर्यटन क्षेत्रको विकास लागि भन्दै अन्तर्राष्ट्रिय विमानस्थलदेखि क्षेत्रीय र अन्य विमानस्थल निर्माणमा बार्षिक ४० अर्ब रुपैयाँ खर्च गर्ने भएको छ ।

यो सरकारले पर्यटक आगमनमको संख्या दश वर्षमा ५० लाख पु¥याउने लक्ष्य लिएको छ । तर, ५० लाख पर्यटक ल्याउँन आवश्यक पूर्वधार भने दश वर्षमा निर्माण गर्ने भनेजस्तो सरकारलाई सहज छैन । सरकारले २०१३ देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिको काम थाले पनि पाँच वर्षहुँदासम्म कुनै प्रगति हासिल गरेको छैन ।

देशको एक मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिमा स्पेनिस कम्पनी सान्जोसेसँगको ठेक्का सम्झौता रद्द भएको १८ महिना हुँदा पनि बाँकी रन वे विस्तारको काममा ठेक्का हुने सकेको छैन ।

तर, बढी भन्दा बढी पर्यटक ल्याउन कम्युनिष्ट सरकारले बार्षिक ४० अर्ब रुपैयाँ विमानस्थल निर्माणमा खर्च गर्नुपर्ने योजना अगाडि सारेको छ । यो सरकारले सन् २०१८ भित्र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न गर्ने लक्ष्य अगाडी सारेको छ ।

तर, निर्माण कम्पनीले अहिलेसम्म ४० प्रतिशत मात्रै काम गरेको छ । यसैगरी यो सरकारले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कार्य दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य लिएको छ ।

पोखरा विमानस्थल निर्माणमा भने निर्माण कम्पनीले काममा तीब्रता दिएको छ । यसैगरी सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल सात वर्ष भित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्य अगाडि सारेको छ । यसैगरी सात वर्ष भित्र विराटनगर, नेपालगञ्ज, दाङ र धनगढी विमानस्थललाई क्षेत्रिय विमानस्थलको रुपमा परिणत गर्ने महत्वकांक्षी योजना अगाडि सारेको छ ।

कम्युनिष्ट सरकारले सुर्खेतमा पनि क्षेत्रीय विमानस्थल निर्माण गर्ने र उदयपुरमा पनि विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन गर्ने भएको छ । साथै पर्यटन विकासका लागि सैलुङ, माथिलो मुस्ताङ र रामारोशनमा पनि सुविधासम्पन्न विमानस्थल निर्माण गर्ने कम्युनिष्ट सरकारको लक्ष्य छ ।

सरकारले दार्चुला, जुम्ला,सुर्खेत, डोल्पा, म्यादी, भद्रपुर र सोलुको आन्तरिक विमानस्थलको स्तरोन्नति गर्ने सरकारको योजना छ । यसैगरी संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रबिन्द्र अधिकारीले देशको एकमात्र अन्तराष्ट्रिय बिमानस्थलमा बढ्दो एयर ट्राफिकलाई ब्यवस्थापन गर्न भन्दै काभ्रेको नागिडाँडामा आन्तरिक विमानस्थल बनाउनको लागि प्रक्रिया अगाडि बढाएका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले आफ्नै खुट्टामा उभिएर अगाडि बढ्छ : ओली

     नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेलाई एक्ल्याउने प्रयास भइरहेको बताएका छन्...

सरकारले स्वास्थ्य, शिक्षा र विद्युतमा समेत लगायो कर

    आजदेखि नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएको छ । यससँगै सरकारले...

अहिले प्रदेश सरकार फेरबदलको समय होइन : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले कार्यकालको अन्तिम समयमा प्रदेश सरकार फेरबदल...

मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...