एमाले र माओवादी पार्टी विघटन पछी संयुक्त बैठक बालुवाटारमा,यस पछी एकै रफ्तारमा यी काम हुने



हाम्रो इकोनोमि

पार्टी एकताको घोषणाबारे एकता संयोजन समितिको बैठकको प्रस्तावलाई अनुमोदन गर्न छुट्टाछुट्टै बैठक बसेका नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त केन्द्रीय समिति बैठक सुरु भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो। एमालेको केन्द्रीय कमिटी र माओवादीको केन्द्रीय कार्यालयको विस्तारित बैठक सकिएपछि संयुक्त बैठक सुरु भएको हो।
एकता प्रक्रियामा रहेका दुवै दलले आजै छुट्टाछुट्टै बैठकबाट आ-आफ्नो पार्टी विघटन समेत गरेका छन्।
संयुक्त बैठकपछि निर्वाचन आयोगमा नयाँ पार्टी नेपाल कम्युनिस्ट पार्टीलाई दर्ता गराउने तथा राष्ट्रिय सभागृहमा एकताको औपचारिक घोषणा गर्ने तयारी छ।
पार्टी एकीकरणपछि आज साँझ बालुवाटारमा भोजको कार्यक्रम राखिएको छ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...