पार्टी एकता पछी बालुवाटारमा भब्य भोज हुने,१००० जनाका लागी यसरी पाक्दैछ मिष्ठान्न भोजन



हाम्रो इकोनोमि

एमाले र माओवादी केन्द्रबीच बालुवाटारमा बिहीबार बस्ने संयुक्त बैठकपछि केन्द्रीय सदस्यहरु र अन्य शुभचिन्तकहरु सहभागी हुने गरी आयोजना हुने भोजका लागि अहिले धमाधम तयारी भइरहेको छ।

दुई पार्टीबीच बिहीबार दिउँसो पार्टी एकता घोषणा हुँदैछ। एकीकृत पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी रहने सहमति बनेको छ।

पार्टी एकता संयोजन समितिले एकीकृत पार्टीको विधान अनुमोदन गरेको छ। दुवै पार्टीको अलग अलग केन्द्रीय समितिको बैठकले त्यो विधान अनुमोदन गरेपछि बालुवाटारमा संयुक्त बैठक बस्नेछ।

त्यो बैठकमा केन्द्रीय समितिका ४४१ नेता तथा अरु नेता र शुभचिन्तक पनि हुनेछन् । त्यसपछि बालुवाटारमा ‘भोज’ हुनेछ । संयुक्त बैठकपछि नेता तथा शुभचिन्तकलाई बालुवाटारमा भोज दिने तयारी छ ।

अहिले देखिनै त्यसका लागि एक क्याटरिङ्गले तयारी गरिरहेको छ । बेलुका १००० जना सम्म लाई खाना खुवाउने जिम्मा कार्की क्याटरिङ्गले लिएको देश संचारले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...

नारायणीको पुलमुनि अड्किएको क्रुज सिप हटाउने तयारी

    नारायणी नदीको पुल मुनि अड्किएको राइनो क्रुज सिप हटाउने तयारी आज...

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो

    ललितपुर महानगरपालिका धापाखेल-२४ मा साढे दुई तले घर ढलेको छ ।...