पार्टी एकता पछी मदन भण्डारीको निधन भएकै दिन मदनको नासोलाई मार्गनिर्देशक सिद्धान्त मान्न सबै राजी



हाम्रो इकोनोमि

मदन भण्डारीद्धारा प्रतिपादित जनताको बहुदलीय जनवाद (जवज) नै भावी एकीकृत वाम पार्टीको निर्णायक मार्गनिर्देशक सिद्धान्तका रुपमा एमाले र माओवादी दुवैले स्वीकारको रुपमा हेरिएको छ ।

‘एमाले माओवादीको एकता र मदन-आश्रितको स्मृति दिवस संयोग होइन मिलाइएको हो’,बिहीबार एमालेको पुरानो मुख्यालय बल्खुमा आयोजित मदन-आश्रितको २५ औँ स्मृतिमा माल्यापर्ण कार्यक्रममा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष दाहालले एकै लयमा एकपछि अर्को गर्दै त्यसको स्पष्ट संकेत गरे। माओवादी अध्यक्ष दाहालले त त्यसलाई दोहोराए ।

‘मलाइ गर्व छ यो ऐतिहासिक मोडमा प्रवेश गर्दैछौँ। आज नै ऐतिहासिक दिन बनाउनु पर्छ जुन दिन कमरेड मदन भण्डारीको अवसान भएको थियो । त्यसैकारण आज नै एकता गर्नु पर्छ भनेर प्रस्ताव राख्ने अवसर मलाई प्राप्त भएको हो ।’

बुधबार प्रधानमन्त्री ओलीसँग छलफल गर्दैगर्दा आफूले बिहीबार नै पार्टी एकताको घोषणा गर्नु पर्दछ भनेर जोड दिएको र त्यसैरी नै कार्यक्रम अघि बढेको दाहालले बताउँदा ओलीले मौन स्वीकृति जनाइरहेका थिए।

माओवादीले सुरुमा जबजलाई पहिला स्वीकार गरेको थिएन । तर अहिले त्यो स्वीकार गरेजस्तो मात्रै होइन गरेकी देखिएको छ ।

‘निषेध, निषेधको रुपमा, एकता संघर्ष रुपान्तरणको रुपमा, नयाँ आधारमा नयाँ एकताको रुपमा हामीले आज एउटा नयाँ प्रक्रियाको सुरुवात गर्दैछौँ। मलाई लाग्छ यो नै कमरेड मदन भण्डारी र जीवराज आश्रितप्रतिको निकै ठूलो श्रद्धा सम्मान प्रकट गरिएको परिघटना हो।’

दाहालले आफ्नो भाषणका क्रममा मदन भण्डारीको प्रशंसामा निकै बेर समय समेत खर्चे । र फेरी उनले दोहोराए’, मलाई गर्व छ आजकै दिन हामी पार्टी एकता गर्दै छौं ।’

त्यसबाट माओवादीले पनि मदन भण्डारीको विचार जनताको बहुदलीय जनवादलाई स्वीकारेको स्पष्ट भएको छ ।

प्रधानमन्त्री ओलीले दिएकोे भाषणले पनि त्यसलाई पुष्टी गर्दै थियो माओवादीले मदन भण्डारीको सिद्धान्तलाई आत्मसात गरेर अघि बढ्न चाहेको भन्ने ।
प्रधानमन्त्री ओलीले भने’, २५ वर्षपछि मदनभण्डारीको विचारले २० औं मात्र होइन २१ औं शताब्दीमा अझै धेरै प्रभावित गरिरहेको छ एमाले र माओवादीलाई मात्रै होइन सबैलाई ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...