भोलीनै ४०६ सदस्यीय केन्द्रिय समिती बनाएर हुने भयो पार्टी एकता,ओली र प्रचण्डले गरे यस्ता ४ सहमती



हाम्रो इकोनोमि

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पार्टी एकताका सम्बन्धमा ४ विषयमा सहमति भएको छ।

 

सहमतिहरु
विवादित विषयमध्ये संगठनात्मक स्वरुप, कार्यनीति चुनाव चिन्ह र जनयुद्ध शान्तिपूर्ण संघर्षलाई हेर्ने दृष्टिकोणमा ओली–प्रचण्डबीच सहमति भएको हो।

विवादित विषयमध्ये संगठनात्मक स्वरुप अन्तर्गत एकिकृत पार्टीको केन्द्रीय कमिटी झण्डै ४ सय सदस्यीय बनाउने सहमति भएको छ।

जस अनुसार एमालेको तर्फबाट २ सय ६ जना र माओवादी केन्द्रबाट २ सय जना राखेर केन्द्रीय कमिटी बनाउने सहमति दुई नेताबीच भएको छ।

एमालेको जनताको बहुदलीय जनवाद (जबज) र माओवादी केन्द्रको ‘एक्काइसौं शताब्दीको जनवाद’ का राम्रा कुरा समेटेर ‘जनताको जनवाद’ नामक नयाँ कार्यनीति बनाइनेछ।

यसैगरी राजनीतिक प्रतिवेदनमा राजनीतिक परिवर्तनमा माओवादी जनयुद्धको र एमालेको शान्तिपूर्ण संघर्षको यथोचित रुपमा सकरात्मक चर्चा गरिने भएको छ।

यसैगरी एकिकृत पार्टीको चुनाव चिन्ह सूर्य चिन्ह हुने भएको छ। ओली प्रचण्डबीच उपरोक्त ४ विषयमा भएको सहमतिलाई दुबै पार्टीको बैठकले अनुमोदन गरेपछि दुबै पार्टीबीच एकता हुनेछ।

प्रतिक्रिया दिनुहोस
एमाले आफ्नै खुट्टामा उभिएर अगाडि बढ्छ : ओली

     नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेलाई एक्ल्याउने प्रयास भइरहेको बताएका छन्...

सरकारले स्वास्थ्य, शिक्षा र विद्युतमा समेत लगायो कर

    आजदेखि नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएको छ । यससँगै सरकारले...

अहिले प्रदेश सरकार फेरबदलको समय होइन : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले कार्यकालको अन्तिम समयमा प्रदेश सरकार फेरबदल...

मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...