ओली र प्रचण्डबीच बालुवाटारमा वार्ता जारी, विश्वासको वातावरण बनाउनेमा केन्द्रित



हाम्रो इकोनोमि

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा वार्ता जारी छ ।

पार्टी एकता प्रक्रिया निष्कर्षमा पुग्न नसकिरहेका बेला ओली र प्रचण्ड छलफलमा जुटेका हुन् । छलफल एकविश्वासको वातावरण बनाउनेमा केन्द्रितअर्काबीच  रहेको स्रोतले जानकारी दियो ।

केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको ट्वीट, सरकार सञ्चालनमा गरेको एकलौटी र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणपछि प्रचण्ड ओलीप्रति सशंकित छन् । आजको वार्ताले दुई नेताबीच विश्वासको वातावरण बनाएर एकताको मिति तय गर्ने सम्भावना रहेको बताइएको छ । यही जेठ ७ गते सरकारको नीति तथा कार्यक्रम सार्वजनिक हुनुअगावै पार्टी एकता गर्ने कि भन्ने विषयमा पनि दुवै पार्टीमा आन्तरिक छलफल भइरहेको स्रोतको दाबी छ ।

मुख्यमन्त्रीको लालबाबुको राजीनामा माग

-नेकपा (माले) ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका समयमा प्रदेश नं २ का मुख्यमन्त्री लालबहादुर राउतले संविधानको विरोध गर्नु, राष्ट्रभाषा नेपाली वा प्रदेशका बहुसंख्यक जनसमुदायको मातृभाषा मैथिलीमा नभएर हिन्दी भाषामा अतिथिको अभिनन्दन गरेकामा मुख्यमन्त्रीको राजीनामा माग गरेको छ ।

पार्टीका महासचिव सिपी मैनालीले मंगलबार जारी गर्नुभएको विज्ञप्तिमा सरकारले संविधानबमोजिम बनेको प्रदेश सरकार तथा त्यसका मुख्यमन्त्रीले विदेशका प्रधानमन्त्रीसमक्ष नेपालको आन्तरिक समस्या समाधान गर्न हस्तक्षेपको याचना गर्नु, विकृत बनाई राष्ट्रिय झण्डाको अपमान गर्नु लगायतका संविधान र राष्ट्रिय अखण्डता विरोधी कार्य भएकामा आपत्ति जनाएको छ ।

उक्त विज्ञप्तिमा त्यस कार्यप्रति जिम्मेवार सबै व्यक्तिमाथि राज्यबाट अविलम्ब कानूनसम्मत कारबाहीको माग गर्दै भारत विहारका भाजपा–सांसद कीर्ति आजादले सामाजिक सञ्जालमार्फत नेपाललाई खण्डीत गर्ने राष्ट्रविरोधी विचार व्यक्त गरेकोमा दुःख व्यक्त गरिएको छ ।

भारतीय इष्ट इण्डिया कम्पनी सरकारसँग भएको सुगौली सन्धि ९४ मार्च, १८१६० द्वारा हडपिएको ‘कोशी नदी पश्चिमदेखि राप्ती पूर्वको समथर भूभाग’ त्यसभन्दा धेरै पहिले नेपालमा एकीकृत भइसकेको भूभाग भएको हुँदा सो विषयमा सरकारले ऐतिहासिक तथ्यसहित भारत सरकारसमक्ष आपत्ति जनाई ती विचार फिर्ता गराउन विज्ञप्तिमा माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
सुकुमवासी बस्तीको जबरजस्ती विस्थापन अन्तिम विकल्प होइन : एमाले

    नेकपा एमालेले सुकुमवासी बस्ती हटाउने सरकारको तयारीप्रति आपत्ति जनाउँदै मौलिक अधिकार,...

सुकुमवासी बस्तीमा सरकारविरुद्ध प्रदर्शन

    सरकारले सुकुमवासी बस्ती खाली गराउने निर्णयको विरोधमा थापाथलीमा प्रदर्शन भइरहेको छ...

इजरायल र लेबनानबीच तीन साताको लागि युद्धविराम

     अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र लेबनानबीचको युद्धविराम तीन साताका लागि...

काठमाडौं उपत्यकाका सुकुमबासी बस्ती खाली गर्ने सरकारको तयारी

    सरकारले काठमाडौं उपत्यकाका नदी किनारमा रहेका सुकुमबासी बस्ती खाली गर्ने तयारी...