एफएममा अन्तर्वार्ता दिँदा दिँदै विप्लवको कार्यक्रता दिलवहादुर साउँद पक्राउ



हाम्रो इकोनोमि

कैलालीको लम्की चुहा नगरपालिकास्थित सामुदायिक रेडियो पश्चिम आवाजमा आज (आइतवार) अन्तरवार्ता दिइरहेको अवस्थामा नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वकाे नेकपाका नेता दिलवहादुर साउँद गिरफ्तार भएका छन् ।

ईलाका प्रहरी कार्यालय सुखडको टोलीले दिउँसो साढे ३ वजे स्टुडियो भित्रै पसेर नेता साउदलाई प्रक्राउ गरेको हो ।

घटनाप्रति नेपाल पत्रकार महासंघ प्रदेश नं. ७, कैलाली शाखा र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कैलालीले घोर भर्त्सना गरेको छ ।

महासंघका प्रदेश समितिका महासचिव योगेश रावलद्वारा जारी विज्ञप्तीमा मिडिया हाउसभित्रै प्रहरी टोली छापामार शैलीमा प्रवेश गर्नु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको हनन् भएको घोर भर्त्सना गरिएको छ । अब उपरान्त यस्ता घटना नदोहोरिन दिन सम्बन्धित सबैमा आग्रह समेत गरिएको छ ।

त्यस्तै फोनिज कैलाली अध्यक्ष लखन चौधरी र सचिव राम दहितद्वारा जारी विज्ञप्तीमा मिडिया हाउसभित्रै प्रहरीले प्रवेश गरी पक्राउ गर्नुलाई सिंगो प्रेस जगतमाथि नै प्रहार भएको ठहर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...

नारायणीको पुलमुनि अड्किएको क्रुज सिप हटाउने तयारी

    नारायणी नदीको पुल मुनि अड्किएको राइनो क्रुज सिप हटाउने तयारी आज...

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो

    ललितपुर महानगरपालिका धापाखेल-२४ मा साढे दुई तले घर ढलेको छ ।...