मधेशी दल राजपा र फोरमलाई मोदीको कडा निर्देशन,ओलीको सरकारमा जाउ, नत्र मलाई भेटन नआउ



हाम्रो इकोनोमि

दुई दिने नेपाल भ्रमणको क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राजपा नेपालका अध्यक्ष मण्डलका सदस्यहरु र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग बेग्लाबेग्लै भेटवार्ता गरेका थिए ।तर, भेटवार्तामा मोदीले दुवै पार्टीका नेताहरुलाई वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता नगर्न सुझाएको स्रोतको दाबी छ । मोदीले अहिले तत्काल सरकारलाई दिएको समर्थन फिर्ता लिने कुरा नगर्न सुझाव दिएको राजपाका एक नेताले जानकारी दिए ।

नेपालको दुईदिने राजकीय भ्रमणको क्रममा भारतीय प्रधानमन्त्री मोदीले राष्ट्रिय जनता पार्टी नेपालका संयोजक महन्थ ठाकुर लगायतका अध्यक्ष मण्डलका सदस्यहरुसँगको भेटवार्तामा ओलीलाई नै साथ र समर्थन गर्न आग्रह गरेका थिए ।

भेटवार्ताको क्रममा समसामयिक राजनीति, दुई देशीय हित र सम्बन्ध, मधेशको अवस्था लगायतका विषयमा छलफल भएको स्रोतले जनाएको छ । भेटवार्तामा ठाकुरले भारतीय प्रधानमन्त्री मोदीलाई मधेशको विकास र समृद्धिका लागि विशेष प्याकेजको व्यवस्था गर्न आग्रह गरेको स्रोतले जनाएको छ ।

यता फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँगपनि मोदीले राजपा नेपालका नेताहरुलाई सुझाएझैं ओलीलाई दिएको समर्थन फिर्ता लिने कुरा नगर्न आग्रह गरे । मोदीले ओलीको नेतृत्वमै समृद्धि हाँसिल हुने भन्दै ओलीलाई साथ दिन दुवै पार्टीका नेताहरुलाई मोदीले यस्तो आग्रह गरेका हुन् ।

भारतीय विदेश मन्त्रालयले भेटमा मोदीले प्रतिनिधि र प्रदेश सभा चुनावमा राजपाले पाएको मतका लागि बधाई दिएको जनाएको थियो ।राजपा नेताहरुले प्रधानमन्त्री मोदीलाई जनकपुर भ्रमण गरिदिएकोमा धन्यावाद व्यक्त गरेका थिए । त्यस्तै मोदीले नेपालमा लोकतन्त्र बलियो पार्नुपर्ने र नेपाल शान्ति स्थिरता रहोस् यो भारतको चाहना रहेको बताएका थिए ।

यसअघि शुक्रबार मोदी भारतबाट सिधै जनकपुर उत्रिएका थिए। त्यहाँ उनले जानकी मन्दिरमा पूजाआजा गरेका थिए। जनकपुर उपमहानगरपालिकाले गरेको नागरिक अभिनन्दन समारोहमा बोल्दै मोदीले ४ वर्षअघि नै जनकपुर आउन चाहे पनि आउन नसकेकोको क्षमा मागेका थिए।उनले जनकपुर आसपासको विकासका लागि १ अर्ब भारू दिने घोषणा गरेका थिए। जनकपुर भ्रमण गर्ने मोदी पहिलो भारतीय प्रधानमन्त्री हुन्।

प्रतिक्रिया दिनुहोस
एमाले आफ्नै खुट्टामा उभिएर अगाडि बढ्छ : ओली

     नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेलाई एक्ल्याउने प्रयास भइरहेको बताएका छन्...

सरकारले स्वास्थ्य, शिक्षा र विद्युतमा समेत लगायो कर

    आजदेखि नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएको छ । यससँगै सरकारले...

अहिले प्रदेश सरकार फेरबदलको समय होइन : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले कार्यकालको अन्तिम समयमा प्रदेश सरकार फेरबदल...

मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...