‘राज्य भनेको लोककल्याणकारी काम गर्ने संस्था हो’,- रक्षामन्त्री ईश्वर पोखरेल



हाम्रो इकोनोमि

रक्षामन्त्री ईश्वर पोखरेलले वर्तमान सरकार दिगो सामाजिक सुरक्षाका कार्यक्रम मार्फत लोककल्याणकारी राज्य स्थापना गर्न तर्फ अघि बढ्न खोजिरहेको बताउनुभएको छ । लोककल्याणकारी राज्य र समाजवादको आधारभूत पक्षका रुपमा रहेको सामाजिक सुरक्षाका कार्यक्रमलाई सर्वकालिक तुल्याउँदै लैजाने भनाई उहाँको थियो ।
अन्र्तराष्ट्रिय लाइन्स क्लवद्धारा काठमाडौंको धुम्वाराहीमा आयोजना गरेको वरिष्ठ जेष्ठ नागरिक सम्मान कार्यक्रमलाई सम्वोधन गर्दै रक्षा मन्त्री पोखरेलले योगदानमा आधारित सामाजिक संरक्षणका कार्यक्रम मार्फत जनताको हितमा काम गर्ने अठोट व्यक्त गर्नुभयो ।
‘राज्य भनेको लोककल्याणकारी काम गर्ने संस्था पनि हो’, उहाँले भन्नुभयो– ‘विगतमा हामीले लोककल्याणकारी काम गर्ने खोज्दा कनिका छरेको भनेर खुवै गाली गरियोे, तर हामी भन्छौं–राज्य भनेको लोककल्याणकारी काम गर्ने संस्था पनि हो । नाफामा मात्रै राज्य कुद्नुहुँदैन । जनताको हितमा काम गर्नुपर्छ । वृद्धाहरुको रक्षा लोककल्याणकारी कामको महत्वपूर्ण अंग हो ।’
जेष्ठ नागरिकलाई वृद्धभत्ता मार्फत सम्मान गर्नुपर्छ भन्ने मनमोहन अधिकारी नेतृत्वको सरकारले सिकाएको संस्कारले नयाँ पुस्तालाई अभिप्रेरणा गरिरहेको भन्दै रक्षामन्त्री पोखरेलले आफ्नो कार्यकाल अवधिभर काठमाडौं निर्वाचन क्षेत्र नं. ५ मा जेष्ठ नागरिक आवास केन्द्र बनाउने योजना रहेको पनि सुनाउनुभयो ।
‘म यहि निर्वाचन क्षेत्रमा चुनाव लडेको मान्छे, यहि क्षेत्रमा बसेको छु । हिजो जहाँ जन्मिभएर हुर्किएको भएपनि आज मेरो सम्पूर्ण कामको केन्द्रविन्दु यहि छ । राष्ट्रिय राजनीतिमा पनि सम्वद्ध छु, म यहिका जनतामा आधारित भएर काम अघि बढाइरहेको छु । म सवै जेष्ठ नागरिकलाई साँछी राखेर भन्न चाहन्छु, मेरो यो कार्यकालमा एउटा राम्रो खालको जेष्ठ नागरिक वस्न सक्ने, त्यहा आएर आराम गर्ने सक्ने एउटा एउटा महत्वपूर्ण केन्द्र बनाउने एउटा योजना छ ।’, उहाँले भन्नुभयो–‘त्यसका लागि स्थानीय तहका साथीहरुले आवश्यक सहयोग र समन्वय चाहिन्छ । त्यो भवन निर्माण गर्ने जिम्मा अव हाम्रो भयो ।’
उहाँले मनमोहन अधिकारीको नाममा एउटा जेष्ठ नागरिक भवन निर्माण गर्नुपर्छ भन्ने आफ्नो भावी योजना उक्त कार्यक्रममा सुनाउनुभएको थियो । कार्यक्रममा समाजमा अग्रणी योगदान गरेका संस्कृतिविद तथा शताब्दी पूरुष सत्यमोहन जोशी, वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, पत्रकार भैरव अर्याल, भद्रा घले, हेमराज ज्ञवालीलगायतका पुराना अग्रज व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री नआएसम्म सदन चल्न नदिने एमालेको चेतावनी

   नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले प्रधानमन्त्री सदनमा नआएसम्म सदन अगाडि नबढ्ने...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

     मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् । पर्सा अदालतको आदेशपछि...

काठमाडौंको गोकर्णेश्वरमा बर्ड फ्लु देखियो

    काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका विभिन्न वडाहरूमा ‘हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा’ अर्थात् बर्ड...

४३ हजार अमेरिकी डलर सहित एक युवक पक्राउ

    काठमाडौंबाट रसुवा जाँदै गरेको बसमा  एक युवकको साथबाट ४३ हजार अमेरिकी...