मोदी भ्रमणमा केपी ओलीले राष्ट्रघात गरेको भन्दै विप्लवद्वारा आइतबार नेपाल बन्दको घोषणा



हाम्रो इकोनोमि

विप्लव नेतृत्वको नेकपाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणमा केपी ओली नेतृत्वको सरकारले राष्ट्रघात गरेको आरोप लगाउँदै नेपाल  आइतबार नेपाल बन्दको घोषणा गरेको छ ।
विप्लवले शनिबार एक विज्ञप्ति जारी गर्दै मोदीको भ्रमणका क्रममा केपी सरकारले गरेको राष्ट्रघात र  नेपाली जनताको स्वाभिमानमा पारेको चोटको प्रतिरोधको गर्नु पर्ने अनिवार्यता ठान्दै बन्दको घोषणा गरेको बताएका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘केपीको लम्पसारवादी सरकार र भारतीय साम्राज्यवादी सरकारका बीचमा भएको राष्ट्रघाती सन्धि, सम्झौता, मोदीको नेपाल भ्रमणका क्रममा नेपाली जनतामाथि गरिएको दमनको प्रतिरोध नेपाल बन्दका रुपमा गरिएको छ ।’

विप्लवले मोदीको नेपाल भ्रमण, उक्त भ्रमणका क्रममा केपी र मोदीले संयुक्त रुपमा गरेको राष्ट्रघाती अरुण–३ को शिलन्यास, मोदीको सिधै जनकपुर आगमन र त्यहाँ गरिएको नागरिक अभिनन्दन, संवेदनशील र रणनैतिक महत्वको उनको मुस्ताङ भ्रमण, मोदीको भ्रमणको सुरक्षाका नाममा भारतीय सेनाको नेपाल प्रवेश, हतियार र अत्याधुनिक सैन्य हेलिकप्टर, जहाजको अवतरण, नेपाली सुरक्षा शक्तिलाई मनोवैज्ञानिक रुपमा पार्न खोजिएको हिनताबोधले पुनः नयाँ आयाममा भएको राष्ट्रघात पटाक्षेप भएको दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले आफ्नै खुट्टामा उभिएर अगाडि बढ्छ : ओली

     नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेलाई एक्ल्याउने प्रयास भइरहेको बताएका छन्...

सरकारले स्वास्थ्य, शिक्षा र विद्युतमा समेत लगायो कर

    आजदेखि नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएको छ । यससँगै सरकारले...

अहिले प्रदेश सरकार फेरबदलको समय होइन : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले कार्यकालको अन्तिम समयमा प्रदेश सरकार फेरबदल...

मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...